राजनीति

मोदी आज नेपाल आउँदै,यस्तो छ मोदीको भ्रमण तालिका 

  शुक्रवार बैशाख २८ २०७५         रवीन्द्र राज ओझा
मोदी आज नेपाल आउँदै,यस्तो छ मोदीको भ्रमण तालिका 

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ ।

वैशाख २८ गते शुक्रबार:

बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९ः३०– जानकी मन्दिरमा पूजा।

१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन। 

१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। 

४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान। 

४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।  

५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार:

बिहान ६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

८ः३०– मुक्तिनाथमा पूजा।

१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान। 

११ः३०– होटल हायात प्रस्थान।

२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान। 

३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top