विचार

लोकतन्त्रको किन उडाइदैछ खिल्ली ?

  बुधवार बैशाख २६ २०७५         लोकनारायण सुवेदी
लोकतन्त्रको किन उडाइदैछ खिल्ली ?

लोकनारायण सुवेदी

पुरानो परिभाषा जे भए पनि लोकतन्त्र आज ब्यवहारमा बेग्लैरुपमा परिभाषित र अभिब्यक्त भइरहेको छ । हिजो जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई लोकतन्त्र भनिन्थ्यो र त्यसै मूल्य पद्धति अनुरुपको मानिन्थ्यो । यसै स्थापनालाई मूर्त रुप दिनका निमित्त बिश्वमा ठूल्ठूला युगान्तकारी आन्दोलनहरु पनि भए, भएका हुन् । तिनीहरुमध्येका  उल्लेखनीय फ्रान्सेली क्रान्ति, औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनीयाँ जनवादी क्रान्ति जस्ता बिभिन्न देशमा भएका बिशिष्ठ महत्वका  क्रान्ति र तिनले ल्याएका परिवर्तनहरु यही परिभाषालाई मूर्त रुप दिने क्रममा बिकसित भएको यथार्थ तिनको अन्तर्यहरुलाई केलाउदा हामीले भेटाउँदछौ । वास्तवमा ती सबै परिवर्तनका आन्दोलनहरु जन अधिकार र नागरिक स्वतन्त्रता तथा प्रगतिका निमित्त भएका थिए । जसको मर्म भनेकै राजनीतिक, आर्थिक,सामाजिक तथा सास्कृतिक प्रगतिका समाजिक बिघ्न बाधाहरुलाई पञ्छाएर र्सबतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र बिश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो । वास्तवमा माथि उल्लिखित क्रान्तिहरुकै देन र योगदानले गर्दा आज बिश्व बिकासको माथिल्लो चरणमा पुगेको अनुभूति र अनुभव हामीले गर्न पाएका हौं । भन्नै पर्दैन कि  बिज्ञान र प्रबिधिको बिकासले त आज आकाश–पाताल सर्बत्र ढाकेको छ । जसले गर्दा आज सारा संसार साघुरिएर खुम्चिएर सानो भएको छ । हत्केलाभरको एउटा सानो मोबाइलमा आज सारा संसार अटाएको छ ।

तर आज लोकतन्त्र हिजोको साश्वत जस्तो मानिएको माथि उल्लिखित परिभाषा अनुसार चल्न बिल्कुलै छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाहरुले सञ्चालन गर्ने शासन पद्धतिमा बद्लिएको छ । निर्वाचनहरु त्यस्तै टाठा बाठाहरुको सत्ता नबिकरण गर्ने माध्यम मात्र बन्ने गरेका गर्दै आएका छन् । लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या त्यस्तो बन्न दिइएको छैन । यो सत्ता संर्घषको एउटा निरन्तर चल्ने घटनाक्रमकोरुपमा पथभ्रष्ट र बिकृत भएको या बिसंगत बनाइएको छ । त्यसैले गर्दा लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई बिकृतिकरण गरेर नराम्रोसँग थला पारिएको छ । फलतः लोकतन्त्रमा पनि लोकको कुनै पुछताछ  अर्थात जनताको भलाई बिल्कुलै हुन छाडेको छ । नेपाल लगायतका देशहरुमा लोकतान्त्रिक भनिएको परिवर्तन पछि पनि जनताले दैनिक जीनवमा भावनात्मक रुपमासम्म पनि राहत महसुश गर्न नपाउनुले यही यथार्थको पुष्टी र दिग्दर्शन गराउँदछ । लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा आज यसरी धेरै टाढाको कुरा भइसकेको या भइरहेको छ । लोकको हित बिनाको लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगी संक्रमणकालीन लोकतन्त्र मात्र रहन गएको भनेमा कुनै अत्युक्ति हुने देखिदैन ।

यसरी  आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रका बीचमा कुनै सैद्धान्तिक, राजनीतिक, समाजिक र साँसकृति तालमेल र तादाम्यता पनि रहन, हुन छाडेको छ । ती परस्पर नमिल्ने बेग्ला बेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अथ्र्याउन थालिएको छ । परिवर्तनले लोकतान्त्रिक सँस्कृति र सँस्कारको जुन नयाँ मूल्य मान्यताहरु बिकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, थियो, त्यो आज गुम भएको र लोकतन्त्रका बाहक सम्बाहक मानिएका दलहरुको ब्यवहारले उनीहरुको खुल्लम खुल्लारुपा ‘अक्कल गुम’ भएको प्रतीत भइरहेको छ । फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र साँस्कृतिक गतिबिधिहरु लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको बिकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक परिवेश पटक्कै बन्न सकेको छैन । यसलाई साच्चै नै ‘लूटतन्त्र’को पर्याय बनाउदै लगिएको छ र बनाउन खोजिएको देखिन्छ । त्यसले गर्दा आज आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई ब्यबहारमा अनुबाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्श आजका बिश्लेषकहरुले निकाल्न थालेका छन्, जसलाई अन्यथा भन्न सकिने स्थिति एकदमै छैन । तर परिवर्तनकामी शक्तिहरुमा यस्तो स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने तिनले महसुश गरेको या त्यतातिर ध्यान दिएको पाइदैन । बरु त्यसको बिपरीत हाम्रा आजका बिश्लेषकहरु पनि एक वा अर्को किसिमले यथास्थितिकै पक्षपोषक भएर देखापर्ने गरेका छन् । नयाँ सम्भावनालाई पनि यथास्थितिमै अँचेटर उनीहरुले पनि अथ्र्याउने गरेका छन् । लोक हित जुनसुकै स्तरमा र जहिले पनि लोकतन्त्रको न्यूनतम रुपमा अपरिहार्य र आवश्यक तत्व हो भन्ने कुरामा उनीहरु पनि चुकिरहेको देखिन्छ । वास्तवमा यो पनि लोकतन्त्र संकटमा परेकै एउटा अर्को संकेतकै अर्को परिचायक  हो ।
  हुन पनि हाम्रो देशमा वास्तवमा लोकतन्त्रको हाम्रो  अनुभव के कस्तो हुदै आएको छ भने यसले जनतालाई राष्ट्रिय भावधारामा जसरी समाहित गर्न र राष्ट्रिय क्षमता तथा आत्मबिश्वास बढाउने बाटो लिन सक्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेको छैन । बरु जनतालाई उनीहरुका केही ज्वलन्त समस्या उठाइदिने  तिनको समाधानको ‘मृग मरीचिका’ देखाइदिए पछि आफ्नो शासन सत्ताको स्वार्थ फत्ते हुने मिथ्या जगमा लोकतन्त्रकालीन शासक बर्ग पनि निरन्तर खडा हुदै आएको छ । त्यसले गर्दा सर्बसाधारण जनताले हिजोका साशक बर्ग र परिवर्तित राजनीतिक चरणका शासक बर्गमा कुनै फरक र खाश अन्तर देख्न, सुन्न र भोग्न पटक्कै पाएका छैनन् । बरु प्रत्यक्ष र आश्चर्यजनकरुपमा उनीहरुले पाएको कटु यथार्थ अनुभव के हो भने नयाँ शासक बर्ग पनि रातारात पुरानै शासक बर्गको चरित्र ग्रहण गर्न सफल भयो र बिलाश र बैभबको गलत बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । त्यस अघिको कुरालाई आखाँ चिम्लेर १० बर्षयतको मात्र भ्रष्टाचारको ग्राफ मात्र हेरे पनि यो एकदमै प्रष्ट हुन्छ । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तबाद पछि नब सामन्तबाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिड्यो र त्यसबाट टसकामस नगरी हिडिरहेको छ । यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन र पर्ने झीनु लक्षण समेत कतै टाढासम्म पनि देखिएको छैन । निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय महँगो साधनकोरुपमा मात्र प्रयुक्त गरेको  घटनाक्रमले प्रष्ट पारेको र पुष्टी गरिरहेको छ ।

बस्तुतः यी सबै गतिबिधि र

बिकृत सँस्कार र सँस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रष्ट, गहिरो र गम्भीर दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका नाममा लादिएको तीब्र उपभोक्ताबादी सस्कृति समेतले यो नब सामन्ती सँस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ । तीब्र सत्ता लोलुपता, कुर्सीको छिनझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक जीवन शैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रष्ट संकेत गरेको छ कि हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित, त्याग,निष्ठा र नैतिकताको आचरणबाट बिमुख भएको छ । यो लोकतान्त्रिक सँस्कृति र संस्कार बिरुद्ध छ । यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध र धु्रब सत्य कुरा हो ।

  यस प्रकार बिभिन्न राष्ट्रिय अन्तर्रा्ष्ट्रिय कारणले गर्दा लोकतन्त्र आज सर्बत्र संकटमा छ र नेपाल लगायत बिश्वका नब लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेका छन् । खाशगरी पछिल्ला मध्यपूर्ब एशिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तन पछिका अबस्थालाई हामीले हे¥यौं र केलायौ भने यो कुरा एकदमै प्रष्ट हुन्छ । हाम्रो देशको भू–धरातलीय रणनैतिक अबस्थिति, यहाँको जैबिक बिबिधता,उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थलहरु सबैले जुन बिकासको अत्यत्तै ठूलो सम्भावना दर्शाउदछन्, यो कुरा बिश्वका बिकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ । त्यसै कारणले गर्दा नै उनीहरुले नेपालको राजनीतिमा गिद्दे आँखा लगाउने र अबाञ्छित हस्तक्षेप गर्ने गर्दै आएका छन् । यसलाई चिर्ने र नेपाली राजनीतिलाई आफ्नै धरातलमा खडा गर्ने दृढ राजनीतिक इच्छा शक्ति, संकल्प र साहसको पुनर्निर्माण नगरिएसम्म देशको लोकतन्त्र जुन संकट कालमा परेको छ त्यसबाट यसलाई मुक्त गर्न सकिनै छैन र लोक कल्याण पनि पटक्कै हुने छैन । जनतलाई यस कुराको गम्भीर किसिमले अबगत गराउनु आजको आवश्यकता बनेको छ ।

To Top