विचार

संगठन र पोशाकमा बदनामी हुने काम गरिन - जिल्ला ट्राफिक प्रहरी प्रमुख अमर बहादुर कार्की

  मंगलवार बैशाख २५ २०७५         लुअप
संगठन र पोशाकमा बदनामी हुने काम गरिन - जिल्ला ट्राफिक प्रहरी  प्रमुख अमर बहादुर कार्की

जे होस् १५/१६ महिनाको बसाईमा ट्राफिक नियम नमान्ने र अनधिकृत काम गर्नेहरुका लागि कपिलबस्तु विशेष गरि गोरुसिंगेमा कडाइ छ गोरुसिंगे काट्न पाइयो भने बचियो भन्ने एउटा त्रास सिर्जना भएको छ त्यो सफल पक्ष हो । बदनामी हुने काम गरिन संगठन र पोशाकमा आच आउने कार्यमा सम्झौता गरिन त्यसलाई तपाईहरुले नजिकबाट नियालेर सार्बजनिक गरिदिनु भएको छ गर्व गरेको छु ।

केही गर्छु भन्नेहरुका लागि कपिलबस्तु ऊर्बर भुमी हो तर मेरो केही लक्ष थिएन म सधै बिभाग प्रति बफादार रहेर आफ्नो मेहनतमा बिश्वास गर्ने हुनाले मैले के देखें त्यो ठिक संग गरे जस्तो लाग्छ । काम गर्दा सानातिना कमि कमजोरी त भए होलान । त्यसमा पनि सम्पूर्ण स्टाफको पनि टिम ओर्कको कुरा आउछ ।

राम्रो गर्छु भन्दा भन्दै पनि अरुले गरेको गलत कामको पनि जिम्मेवारी त लिनै पर्छ तैपनि मेरो अहिलेसम्मको अबधिमा कहि कतैबाट त्यस्तो समस्या ब्यहोर्नु परेन]

मैले अपनाएको स्टाफ मेनेजमेन्टको पाटोले पनि केही सकारात्मक भुमिका खेल्यो होला जस्तो लाग्छ । निश्चित समयमा स्टाफ फेरबदलले सबैले सबै ठाउको सुबिधा लिने मौका पछि सबैमा हौसला भयो र ब्याक बाइटिङ तथा गलत क्रियाकलापमा लाग्न उत्प्रेरित भएनन् जस्तो लाग्छ यद्यपि धेरै जनामा १/२ जनामा केही समस्या आउनु भनेको सामान्य कुरा हो त्यस्तालाई यथोचित तवरले समाधान गरेको छु । समग्रमा राम्रै छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख प्रहरी  निरिक्षएक अमर बहादुर कार्कीले बताउनु भयो ।

To Top