मनोरञ्जन

नेपाल म्युजिक अवार्ड सम्पन्न

  आइतवार बैशाख २३ २०७५         रवीन्द्र राज ओझा
नेपाल म्युजिक अवार्ड सम्पन्न

आज होटल अन्नपूर्णमा 'नेपाल म्युजिक अवार्ड ' प्रदान गर्दै 
पांच तारे होटल अन्नपूर्णमा भएको भब्य अवार्ड वितरण कार्यक्रममा बरिष्ठ गायक कुमार बस्नेत, बरिष्ठ चलचित्र निर्देशक यादव खरेल, गायिका कुन्ती मोक्तान, शिला बहादुर मोक्तान, संगीतकार- गायक टीका भण्डारी, गायिका एबम राष्ट्रिय सभा सदश्य सुश्री कोमल ओली, कान्तिपुर एफ एम का निर्देशक दिनेश डिसी, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, रेडियो नेपालका बरिष्ठ कर्मचारी उज्ज्वल घिमिरे , रेडियो नेपालकी मुख्य कार्यक्रम अधिकृत प्रज्ञा शरद लगायतले पुरस्कृत कलाकारहरुलाई अवार्ड प्रदान गर्नु भएको थ्यो। कार्यक्रम मा ३८ विधाका कलाकारलाई अवार्ड प्रदान गरिएको थ्यो। प्यारालाइसिस बाट पिडित बरिष्ठ लोक गायक बुद्दि कृष्ण लामिछानेलाई बिशेष नगद सहित सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले सम्मान गर्नु भएको थियो  । 

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top