शिक्षा

महिलाहरुको सुचना प्रबिधिमा पहुचँ बढाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

  शनिबार बैशाख २२ २०७५         सुदीप चापागाई
महिलाहरुको सुचना प्रबिधिमा पहुचँ बढाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बैसाख २२, कपिलबस्तु
कपिलबस्तुको शिवराज नगरपालिकामा सुचना प्रबिधिमा महिला सहभागीता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सुचना प्रबिधिमा अगाडि बढि रहँदा यस क्षेत्रमा महिलाहरुको संख्या कम भएको तथा सुचना प्रबिधिको क्षेत्रमा उलेख्य अवसरहरु रहेको अवस्थामा किशोरी तथा युवाहरु संग यस बिषयमा अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको हो । सुचना प्रबिधिमा महिलाहरुको सहभागीता अभिबृद्धि गर्ने तथा सामाजिक संजालहरुमा हुन सक्ने बिभिन्न जोखिमहरुमा किशोरीहरुलाई सजग बनाउनका लागी बिभिन्न बिषयमा छलफल समेत गरिएको थियो । कार्यक्रममा अहिले धेरैले प्रयोग गरिरहने ईन्टरनेटमा आफुलाई सुरक्षित राख्दै बिभिन्न अवसरहरुको प्रयोग गर्नका लागी सहभागीहरुलाई प्रोत्साहित गरिएको थियो ।
 नेपाल दूरसंचार प्राधिकरणको सहयोगमा युवालय, ललितपुरले आयोजना गरेको कार्यक्रममा शिवराज नगरपालिकाका २० जना किशोरी युवाहरु सहभागी भएका थिए भने कार्यक्रमको सहजिकरण अर्जुन थापाले गर्नु भएको थियो ।

To Top