मनोरञ्जन

आफनो नृत्यले सबिता भुसाल नेपाल लगायात बिदेश सम्मा लाखौं भन्दा बढिको मुटुमा तर उद्देश्य बिजनेशमैन बन्ने

  बिहीबार बैशाख ६ २०७५         इमरान खान
आफनो नृत्यले सबिता भुसाल नेपाल लगायात बिदेश सम्मा लाखौं भन्दा बढिको मुटुमा तर उद्देश्य बिजनेशमैन बन्ने

इमरान खान
बुटवाल ६ बैशाख । डांस नृत्य संगीतमा सबिता भुसालले सवदेश तथा बिदेशमा धुम मचाएकी छिन । बाबु राम भुसाल तथा आमा राधिका भुसालको कोखबाट बुटवाल वार्ड नं. १२ नयागाँउमा जन्मेकी सबिता भुसालले बेचलर सेकेन्ड इयार पढदै आफनो डांस नृत्य संगीतलाई पनि निरन्तरता दिदै स्वदेश तथा बिदेशमा आफनो कलाको प्रदर्शन गरी लाखौ भन्दा बढिको मुटुमा बस्न सफल भएकी छिन । सबिताले न्यु सागर टुर एण्ड ट्राभल्स भारतको आयोजनामा लुधियानामा आफनो नृत्य दिएको बताउछिन ।

 त्यसतै गरि कतारको त्रियुगा युवा समाजको आयोजनामा कतारमा गई अफनो कला प्रदर्शन गरेर कतारका लाखौ जनाको मुटु जित्ना सफल भएकी नाम सबिता भुसाल हो । सबिताको कुरा गर्दा सबिता सानै उमेर देखि रमाउने र नृत्यमा रुचि राखेरा २०७४ सालमा बुटवाल प्रदर्शनी आईडलमा प्रथम भर्ई नृत्यमा जित हासिल गर्न सफल भएकी थिन । जित पश्चात सबिताले नेपालको हरेक एक कार्यक्रमा आफनो प्रस्तुति दिदै अएकि छिन ।


 सबिता भुसाल नेपाल मात्र हैन कतार तथा भारत सम्मा अफनो कलाको प्रस्तुति दिएर भारत, नेपाल तथा कतारमा आफनो नृत्यबाट लाखौ भन्दा बढि दर्शकहरुको मुटुमा बस्न सफल भएकी छिन । पत्रकार इमरान खान साँगको कुराकानीमा सबिता साँग सोध्दा कि के तपाई डांस नृत्य संगीतमा अगाडी बडन चहानुहुन्छ भन्दा नाई डांस नृत्य संगीत मेरो ईच्छा मात्र हो मेरो उद्देश्य चाहि म नेपालको एउटा ठुलो बिजनेशमैन बन्न चहान्छु ।

सबिता भुसालका केहि फोटोहरु

To Top