मनोरञ्जन

आफनो नृत्यले अमृता अधिकारीले मचाईन धुम नेपाल लगायत भारत सम्म

  बुधवार बैशाख ५ २०७५         इमरान खान
आफनो नृत्यले अमृता अधिकारीले मचाईन धुम नेपाल लगायत भारत सम्म

इमरान खान
बुटवल ५ बैशाख । अहिले डांस नृत्य संगीतमा अमृता अधिकारीले धुम मचाएकी छिन । बुवा राम प्रसाद अधिकारी तथा आमा सिता अधिकारीको कोखबाट बुटवाल वार्ड नं. १२ नयागाँउमा जन्मेकी अमृता अधिकारीले हालैमा इंटरमिडिएटको परिक्षा पास गरि लैब टेक्नीशियनको पढाई पढन लागेकी छिन । अधिकारीले सानै देखि नृत्यमा रुचि रहेकोले बिगत एक बर्ष भन्दा बढि देखि नेपाल लगायात भारतमा आफनो परफोरमेन्स (प्रस्तुति) दिदै सबै जनताको मुटु जित्ना सफल भएकी छिन ।

अमृताले भारतको चंडिगढ र लुधियानामा अफनो नृत्य बारम्बार दिएर भारतमा पनि धुम मचाई दिएकी छिन । अमृता अधिकारीले एउटा इंटरव्युमा भने कि सानै देखि  डांस, नृत्य तथा संगीतमा धेरै नै रुचि रहेकाले म यो क्षेत्रमा प्रबेश गरकी छु । तर प्रोफेशनली म एक साल भन्दा बढि नेपाल र भारतको बिभिन्न ठाँउमा आफनो कलाले सबैको मुटु जित्ना सफल भएकी छु । अन्तरवार्तामा भन्दै अमृताले भने म एउटा असल राम्रो डान्सर बन्न मेरो सपना रहिछ हेरेम त्यो सपना कहिले पुरा हुने हो । मेरो नृत्य लाई माया गरिदिनु भएकोमा दर्शक महानुभावहरुमा धन्यबाद दिदै अझै दर्शकहरुको सहयोग रहेमा यो भन्दा पनि राम्रो गरेरा देखाउने छु अमृताले बताए ।


 

To Top