जीवनशैली

अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

  बिहीबार चैत्र २९ २०७४         लुअप
अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक मानव वीर्य अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाएको छ । अन्तरिक्षमा मानव जन्म सम्भव छ कि छैन भनेर पत्ता लगाउन नासाले परीक्षण गर्न लागेको हो। 

स्पेस एक्स फाल्कन ९ रकेटमा पठाइएको वीर्यलाई कसरी न्यून गुरुत्वाकर्षणले पुरुष सेक्स कोषलाई असर गर्छ भनेर विभिन्न परीक्षण गरिनेछन् । आइएसएसका अन्तरिक्ष यात्रीहरुले जमाइएको वीर्यलाई पगालेर अन्तरिक्षमा सफल प्रजनन हुन्छ कि हुँदैंन भनेर परीक्षण गर्नेछन्। 

नासाको ‘माइक्रो मिसन ११’ अन्तर्गत जमाइएको मानव तथा साढेँको वीर्य अन्तरिक्षमा पठाइएको हो । अन्यन्त न्युन गुरुत्वाकर्षणमा वीर्यहरु कसरी पौडन सक्छन् र तिनीहरुको गति कस्तो हुन्छ भन्नेबारेमा बुझ्न सजिलो हुने विश्वास नासाको छ।

नासाले विज्ञप्तिमा भनेको छ, ‘अन्तरिक्षमा प्रजननको जैविक पक्षबारे केही जानकारी त अहिल्यै नै छ, र यो परीक्षणले बाँकी पक्ष पनि पूरा गर्नेछ र पहिलोपटक मानव र साँढेको वीर्यको अवस्था कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुनेछ।’

प्रजनन हुनका लागि वीर्यका कोषहरु सक्रिय हुनुपर्छ र विस्तारै पौडदैं अण्डातर्फ जानुपर्छ । मानव वीर्य पहिलोपटक पठाइएपछि साँढेको वीर्य भने यसअघि पनि पठाइएको थियो। यसपटक अघिल्ला परीक्षणसंग तुलना गर्न पुनः पठाइएको नासाले जनाएको छ । अध्ययन गरिसकेपछि वीर्यका सबै नमूना पृथ्वीमै पठाइनेछ। एजेन्सी

To Top