देश

कपिलवस्तुमा बिदाका दिन अनुमति बिना सरकारी सवारी साधन चलाउन नपाईने

  शनिबार चैत्र २४ २०७४         इमरान खान
कपिलवस्तुमा बिदाका दिन अनुमति बिना सरकारी सवारी साधन चलाउन नपाईने

इमरान खान
कपिलवस्तु २४ चैत्र । सरकारी सवारी साधन बिदाका दिनमा अनावश्यक प्रयोग गरि दुरुपयोग भएकोमा यसलाई रोक्न राज्यले लिएको नितीलाई कार्यन्वयन गर्दै कपिलवस्तुमा गत हप्ताबाटै जुनसुकै सार्बजनिक बिदाका दिनहरुमा कामको शिलशिलामा आफ्नो कार्यालयको सवारी साधनहरुको प्रयोग गर्नु पर्ने सबै सरकारी कार्यालय (स्थानिय तह समेत) का सबै तहका कर्मचारी तथा जनप्रतिनिधि ज्यूहरुले अग्रिम पास लिएर मात्र सवारी साधन प्रयोग गर्नु पर्ने हुदा सोही बमोजिम कार्यान्वयन गर्न गराई दिन हुन भन्ने  जिल्ला प्रशासन कार्यालय कपिलबस्तु तथा जिल्ला प्रहरी कार्यालय कपिलबस्तुबाट निर्देशन भएको हुदा बिदाका दिनमा सरकारी कामका शिलशिलामा सरकारी सवारी साधन प्रयोग गर्नु पर्ने विभिन्न ओहदा तथा पदमा रहनु भएका सबै सरकारी कर्मचारी ज्यूहरु तथा जनप्रतिनिधि ज्युहरुमा पास लिएर मात्र सरकारी सवारी साधन प्रयोग गरिदिन हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले अनुरोध गरेको छ । साथै सरकारी सवारी साधन बिदाका दिनमा कामले लैजाने पर्ने भएमा त्यस सरकारी सवारी साधनको पास लिनका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा, ईलाका प्रशासन कार्यालय चन्द्रौटा र ईलाका प्रशासन कार्यालय जितपुर चार नम्बर कपिलबस्तुमा सम्पर्क गरी पास लि मात्र सरकारी सवारी साधन चलाइदिनका लागि अनुरोध गरेका छन । 
 

To Top