अन्तर्राष्ट्रिय

भारत भ्रमण: प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

  शुक्रवार चैत्र २३ २०७४         रवीन्द्र राज ओझा
भारत भ्रमण: प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । शुक्रबार साँझ मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो।

भेटपछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको बताएका छन्। 

तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राखिएको छ ।

ओलीले शुत्रलबार नै भारतीय उद्योगीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आहृवान गरे ।

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रपति, उपराष्ट्रपतिलगायतसँग औपचारिक भेट गर्ने कार्यक्रम छ।

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top