खेलकुद

कपिलवस्तुमा नेपाल भारत मैत्री क्रिकेट टुर्नामेन्ट आज देखि शुरु

  बुधवार चैत्र ७ २०७४         इमरान खान
कपिलवस्तुमा नेपाल भारत मैत्री क्रिकेट टुर्नामेन्ट आज देखि शुरु

इमरान खान
कपिलवस्तु ०७ चैत्र । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको चैपुरवामा नेपाल युवा क्लब कपिलवस्तुले नेपाल भारत मैत्री क्रिकेट टूर्नामेन्ट आयोजना गरी आज उदघाटन समारोह गरेका छन । उदघाटन समारोहमा प्रमुख अतिथि कृष्णनगर नगरपालिकाको उपमेयर सबनम खातुन तथा अतिथिहरुमा कृष्णनगर यतायात समिति अध्यक्ष एवम नेकपा माओबादी केन्द्रका नेता जाबेद अलम खाँ, बिजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा, ईलाका प्रहरी कार्यलय कृष्णनगरका स.ई चन्द्र प्रसाद शर्मा, युवा संघका अध्यक्ष लोकेश थापा ,समाजसेवी नूरमोहम्मद मुसलमान, वसीम पठान ,तुफेल अहमद खा, दीपक उपाध्यया लगायतको उपस्थिती थियो । यस क्रिकेट टूर्नामेन्टको उदघाटन जावेद आलम खाले गर्नु भएका थिए ।

आजको खेलमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको कोटिया बाजारको टीम र कपिलवस्तु जिल्लाको गोरूसिघेको टीम बीच प्रतिस्पर्धा भएको छ । कार्यक्रमकै क्रममा सेन्जूस इंग्लिस सेकेन्ड्री स्कूल कृष्णनगरका बिधार्थीहरूले नेपाल र भारतको राष्ट्रगीत प्रस्तुत गरेका थिए । उपमेयर सबनम खातुनका सल्लाहकार तुफेल आलमले नवयुवाहरुलाई धन्याबाद तथा शुभकामना दिदै आर्थिक सहयोग स्वरुप रु ५०,००० नगद पुरस्कार दिएका थिए । यो क्रिकेट टूर्नामेन्ट कार्यक्रमलाई निरन्तर सहयोगमा कृष्णनगर नगरपालिका, उधोग वाणिज्य संघ, कपडा ब्यापारी , टेक्सी समिती कृष्णनगर र नेपाल युवा क्लब कपिलवस्तु परिवार , कृ.न.पा.वडा नं.३ वडा अध्यक्ष सगिर खाँ तथा सुरक्षाका तर्फबाट ईलाका प्रहरी कार्यलय कृष्णनगरको निरन्तर सहयोग रहने छ ।


 

To Top