मनोरञ्जन

नेपालमै पहिलो पटक आउंदै छ साइन्स फिक्सनल वेब सिरिज (भिडियो हेर्नुहोस)

  शनिबार चैत्र ३ २०७४         लुअप
नेपालमै पहिलो पटक आउंदै छ साइन्स फिक्सनल वेब सिरिज (भिडियो हेर्नुहोस)

साइन्स फिक्सनल(वैज्ञानिक कल्पनामा आधारित ) चलचित्रहरु   हलिउडमा धेरै मात्रामा र आंशिक रुपमा बलिउडमापनि बनेको पाइन्छ  तर  नेपालमा भने यस्तो चलचित्रले अहिलेसम्म ठाउँ पाएको छैन ।दर्शकको एउटा ठुलो जमातलाइ तान्न सफल यस्ता चलचित्रको माग धेरै हुने गर्दछ  ।

नेपालमा भने उपर्युक्त बिषयबस्तु नभेटेर  हो या यस्तो बनाउने क्ष्य्मता निर्माता तथा निर्देशकमा नभएर हो यो ठम्याउँ गाह्रोनै छ  तर अहिले यस्ता चलचित्र नेपालमा बनि दिए हुन्थ्यो भन्ने दर्शकहरुको तिर्खा केहि हदसम्म भएपनि मेटाउन यस्तै साइन्स फिक्सनल वेब सिरिज बन्न लागेको छ ।

आयुष घिमिरेको  लेखन तथा निर्माणमा बन्न लागेको  "एस.एम.एस  इन टाइम" नामक वेब सिरिज  बन्न लागेको हो  । यस सिरिजलाइ  लाइफ भर्ज फिल्म्सको प्रस्तुतिमा  रोमन मार्सले  निर्देशन गर्दै छन्  भने आभाष उप्रेतीको संगीत रहेको छ  ।

यस सिरिजमा उज्वल बस्नेत र पारु पाहरिको मुख्य भूमिका रहेको छ  ।  पहिले पनि थुप्रै वेब सिरिज बनाइसकेको  यस समूहले तयार पारेको पछिल्लो सिरिज "डिप्रेसन "ले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । 

भिडियो हेर्नुहोस 

To Top