मनोरञ्जन

यसकारण टाइगर श्रफको नाम राखिएको रहेछ टाइगर, गरे स्वयमले खुलासा !

  मंगलवार फागुन २९ २०७४         लुअप
यसकारण टाइगर श्रफको नाम राखिएको रहेछ टाइगर, गरे स्वयमले खुलासा !

काठमाडौँ। बलिउड अभिनेता टाइगर श्रफ गत आइतबार कलर्स टिभीको सिंगिङ्ग रियालिटी शो राइजिङ्ग स्टार – २ को मञ्चमा आफ्नो आगामी बहुप्रतिक्षित फिल्म बागी-२ को प्रमोसनको लागि पुगेका थिए। उनीसँग अभिनेत्री दिशा पटानी पनि उपस्थित थिईन। शोमा टाइगरले आफ्नो नृत्य कौशलता र साथै सिक्स प्याक पनि देखाएका थिए। त्यसको साथ-साथै उनले आफ्नो नामसँग सम्बन्धित एक किस्सा पनि खुलासा गरेका थिए।

शोमा उपस्थित एक व्यक्तिले अभिनेता श्रफलाई आफ्नो नाम टाइगर किन राख्नुभयो त सोध्दा उनले भने कि बाल्यकालमा उनको टोक्ने बानी असाध्यै रहेको बताएका थिए। त्यसकारण पिता ज्याकी श्रफले उनको नाम टाइगर राखेको खुलासा गरेका थिए।  शोमा दिशा र टाइगरले बागी-२ को रोमान्टिक गीत ‘ओ साथी’ मा डान्स गरेका थिए। दुवैले उक्त सिंगिङ्ग रियालिटी शोमा धेरै रमाइलो प्रस्तुति दिएका थिए।

शा पटानी लाइट पिंक कलरको अफ शोल्डर स्लिट गाउनमा देखिएकी थिईन। उनी धेरै ग्ल्यामरस र सुन्दर देखिएकी थिईन। शोमा डान्स बाहेक श्रफले गीत पनि गाएर आफ्नो कौशलता प्रदर्शन गरे। उनले बेफिक्राको गीत गाएका थिए।

बागी-२ आगामी ३० मार्च २०१८ बाट देश तथा विदेशका विभिन्न सिनेमाघरबाट प्रदर्शनमा आउनेछ। यस फिल्मको निर्माण साजिद नाडियावालाको ब्यानरबाट भएको हो। यसमा रणदीप हुडा, मनोज बाजपेयी र प्रतीक बब्बरलाई पनि महत्वपूर्ण भूमिकामा देख्न सकिन्छ। बागी-२ सन् २०१६ मा रिलिज भएको फिल्म बागीको सिक्वेल हो। बागीमा अभिनेत्रीको भूमिकामा श्रद्धा कपूर थिईन। तर यस समय रियल लाइफ लभर दिशा पटानीसँग श्रफलाई देख्न सकिन्छ। एजेन्सी

To Top