खेलकुद

आज नेपाल जिम्बाब्बेसँग प्रतिष्पर्धा गर्ने

  आइतवार फागुन २० २०७४         रवीन्द्र राज ओझा
आज नेपाल जिम्बाब्बेसँग प्रतिष्पर्धा गर्ने

२० फागुन, काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको छ ।

 ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले आज घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।

नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

खेल जिम्बाबेको घरेलुमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेको नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्न लागेको हो । उमेर समूहमा भने नेपालले जिम्बाबेलाई एक पटक हराईसकेको छ । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा जिम्बाबेलाई हराएको थियो  ।

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

विश्वकप छनोट खेल्ने नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

करण केसी

आरिफ शेख

सन्दीप लामिछाने

दीपेन्द्रसिंह ऐरी

दिलीप नाथ

ललित भण्डारी

अनिलकुमार साह

रोहितकुमार पौडेल

ललितनारायण राजवंशी

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top