अन्तर्राष्ट्रिय

८ कक्षाको छात्रले आफ्नै शिक्षिका र उनकी छोरीलाई बलात्कारको धम्की दिएपछि

  बिहीबार फागुन १० २०७४         लुअप

एजेन्सी – भारतको दक्षिणी-पूर्वी सहर गुरुग्रामबाट एक यस्तो खबर आएको छ कि जुन सुनेर तपाईको होस उड्नेछ। कक्षा आठमा अध्ययनरत एक छात्रले आफ्नो शिक्षिका र उनकी छोरीको बलात्कार गर्ने धम्की दिएको छ।

उल्लेखनीय कुरा यो छ कि उक्त शिक्षिकाको छोरी पनि त्यस छात्र सँगै एउटै कक्षामा पढ्छिन। त्यस छात्रले आफ्नो शिक्षिकालाई अश्लील सन्देश लेखेर पठाएको थियो। यति मात्र नभई आठ कक्षामा पढ्ने उक्त छात्रले ईमेल मार्फत क्यान्डल लाईट र शारीरिक सम्बन्ध राख्न सन्देश पठाएको थियो।

‘द टाइम्स अफ इन्डिया’ मा प्रकाशित खबर अनुसार यो मामिला एक हप्ता पहिलेको हो। यो घटना भएको केही दिन पछिबाट शिक्षिका विद्यालय आउन सुरु गरिसकेकी छिन्। तर उनकी छोरी भने धेरै डराएकी छिन्। उनकी छोरीले डरले विद्यालय आउन नै बन्द गरेकी छिन्।

यो घटना कुनै सानो अर्थात चानचुने विद्यालयको नभई गुरुग्रामको एक प्रसिद्ध विद्यालयको हो। शिक्षिका र नाबालिग छात्रको पहिचानको गोपनीयताका लागि विद्यालयको नाम र उनीहरुको दुवै जनाको नाम खुलाईएको छैन।

विद्यालय प्रशासनले यस मामिलालाई गम्भीर रुपमा जाँच गर्न सुरु गरेका छन्। शिक्षिका र छात्रको यस मामिलामा अभिभावक र प्रशासनका सदस्यहरुलाई सुचना पठाईसकेका छन्। विद्यालय प्रशासनको अनुसार यो मुद्दा धेरै गम्भीर प्रकृतिको छ। दुवै जनालाई आ-आफ्नो कुराहरु व्यक्त गर्नका लागि बोलाईएको छ। जाँच पछि दोषीलाई कारबाही हुनेछ।

उक्त मामिला सार्वजनिक भएपछि एक अन्य विद्यालयको प्रधानाध्यापकले पनि यस्तो मामिला एक स्कुलमा मात्र नभई देशका विभिन्न स्कुलहरुमा पनि यस्तो घटना घटेको बताएका छन्। समाजमा अहिले नाबालिगहरुद्वारा आपराधिक घटनाहरु दिनानुदिन बढिरहेको छ। माता-पिताले घरमा आफ्नो छोरा-छोरीसँग महत्वपूर्ण समय बिताउदा विशेष भूमिका निर्वाह गर्नुपर्ने विशेषज्ञहरु बताउछन।

एचडिएफसी स्कुलको प्रधानाध्यापक अंकिता मक्कडको अनुसार आजकलका बच्चाहरु इन्टरनेटमा अनेक साइटहरुमा विभिन्न कुराहरु हेर्छन , जसले उनीहरुका दिमागमा नकारात्मक सोच पैदा गर्छ।

अर्कोतिर ऐमिटी इन्टरनेसनल स्कुलकी प्रधानाध्यापक आरती चोपडा भन्छिन् कि आजकल बच्चाहरुले आफ्नो माता-पिताबाट सही संस्कार पाउन असमर्थ हुन्छन। घरमा पनि बच्चाहरु अलग-अलग कोठामा रहने-बस्ने गर्दा उनीहरुको दिमागमा नकारात्मक विचारले अड्डा जमाउन सुरु गर्छ।

To Top