मनोरञ्जन

हट एण्ड सेक्सी मोडल एवम अभिनयत्री सब्नम दहाल भन्छिन, समाजले पचाउन सक्ने जस्तो खाले सिन दिन तयार छु ।

  शनिबार माघ २० २०७४         इमरान खान
हट एण्ड सेक्सी मोडल एवम अभिनयत्री सब्नम दहाल भन्छिन, समाजले पचाउन सक्ने जस्तो खाले सिन दिन तयार छु ।

इमरान खान
काठमाडौ २० माघ । सब्नम दाहाल त्यति पूरानो नाम होइन । तर, पछिल्ला केही दिनमा चर्चामा आएको नाम हो । उनी छोटो समयमै अभिनयमा फड्को मार्न थालेकी छन । उनले अहिलेसम्म लिड रोलमा देखिने अवसर त पाएकी छैनन । तर, सहायकमा भने पर्दामा देखिएकी छन । उनले ‘निसाफ’, ‘बाबु कान्छा’ र ‘ बाह्रमासे’ सहित ३ वटा चलचित्रमा देखा परेकी छन । त्यो ठूला पर्दाको कुरा भयो । उनले ‘क्या जमाना आ’ र ‘चुरिफुरी’ मा निक्कै चुरीफिरी मच्चाएकी छन ।

 

उनको अभिनय कलाले निर्माता निर्देशकहरु मोहित बन्न थालेका छन । झापाको दमकमा जन्मिएकी सब्नम एक वर्षअघि मात्रै यो पेशामा आएकी हुन । तर, छोटो समयमा नै उनी सबैको आँखामा पर्न थालेकी छन । उनी झापामै रहँदा एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर काठमाडौं छिरेकी हुन । अहिले मोडलिङ क्षेत्रमा लाग्नेहरुको ताँती नै छ । र प्रतिस्पर्धा पनि उस्तै छ । यो क्षेत्रमा आउने केहीले आफुलाई भल्गर रुपमा प्रस्तुत गरेर पनि चर्चामा आएका छन । केही साच्चै कलाकै कारण अघि आएका छन । उनी चाँही अभिनय क्षमता राम्रो भएकै कारण छोटो समयमा चर्चामा आउन सफल बनेकी छन ।

 ‘समाजले पचाउन सक्ने खालको रोल पाए जस्तो पनि गर्न सकिन्छ’ उनले लुम्बिनीअनलाईनपात्रिका न्युजका इमरान खान सँगको कुराकानीमा भनिन ‘अहिले हाम्रो समाजले कमेडी र रोमान्टिक जस्ता रोल खोज्ने भएकाले त्यसलाई सुहाउने रोलमा अभिनय गर्न म तयार छु ।’ ‘मलाई एउटा राम्रो र सफल कलाकार बन्नु छ, हिरोईन हैन’ उनले भनिन ‘हिरोईनमा पनि आएको काम त गरिन्छ । तर म हिरोईनी बन्छु भनेर आएको हैन । म एउटा सफल कलाकार बन्छु भनेर आएको हो ।’

अभिनेत्री तथा मोडल दाहालको विषयमा एउटा रमाईलो प्रसङग पनि छ उनी जग्गाको व्यापार गर्ने व्यापारी पनि हुन । यो ईन्ड्रस्टिजमा आउनुभन्दा अघि म जग्गा ब्यपारी हो । दाहाल अब छिटै नै नयाँ कमेडी सिरियलमा देखिने लुम्बिनीअनलाईनपात्रिका लाई बताईन । सिरियलको स्क्रीप्ट लेखिदै गरेको बताउदै फागुनबाट नै यो सुरु हुने बताईन ।

अभिनय गर्ने दाहालको सानै देखिको सपना हो । “कुनै पनि क्षेत्रमा कोही पनि पोक्त हुँदैन” आफ्ना समर्थकहरुलाई अनुरोध गर्दै दाहालले भनिन, “यसैले काम गर्ने क्रममा गल्ती कमीकमजोरी हुन सक्छ, प्लिज मेरो गल्ती औल्याई मलाई हजुरहरुले गल्ती सुधार्ने मौका दिनुहुनेछ ।” उनले दर्शकका श्रोताको साथले सधै अगाडी बढने प्ररणा मिल्ने बताईन ।

( लुम्बिनीअनलाईनपात्रिका का एडमिन इमरान खान साँग सब्नम दहालले गरेका कुराकानीमा )

हट मोडल एवम अभिनयत्री सब्नम दहाल

हट मोडल एवम अभिनयत्री सब्नम दहाल

To Top