जीवनशैली

यस्ता छन् ध्यान गर्नुका फाइदाहरू

  मंगलवार माघ ९ २०७४         लुअप
यस्ता छन् ध्यान गर्नुका फाइदाहरू

ध्यान अतिन्द्रीय संवेदना शक्ति हो । जो मानिस ध्यान गर्छ, उनीहरूलाई कालक्रममा स्वयं सत्यको अनुभव हुन जान्छ । ध्यानबाट सम्पूर्ण आध्यात्मिक रहस्य जान्न सकिन्छ ।

यसको अभ्यास वा अनुभव धेरै कम मानिस गर्छन् । व्यस्तता यसको मूल कारण हो । मानिसले ध्यानलाई एकाग्रता गर्नुपर्छ र ध्यान केवल मानसिक व्यायाम हो । ध्यानलाई एकाग्रता सम्झिने मानिस मानसिक चेतनालाई एक विन्दुमा बटुल्न कोसिस गर्छ । तर, उसको यो प्रयासले परमानसिक चेतना खुल्दैन । उसलाई अन्तर्जगतमा प्रवेश हुँदैन । बस्, उनीहरू बाहिरी मायाको संसारमा भड्किरहको हुन्छ ।

ध्यान एक अन्तर्यात्रा ईश्वरीय ऊर्जा हो । यो यात्रा त्यही साधक गर्न सक्छ, जो आफ्नो साधनाको अगाडि नै आफ्नो मानसिक चेतनालाई स्थिर, सूक्ष्म, अन्तर्मुखी वा शान्त गरेको हुन्छ । अनुभवको सत्य यही हो कि, मानसिक चेतनालाई स्थिरता, सूक्ष्मता वा शान्ति प्रकारान्तरलाई परामानसिक चेतनाको स्वरूप बनाउँछ ।

यस अनुभूति साधनामा व्यापकता वा गुणवत्ताको संवेदनाको अतिविस्तार हुन्छ, जसमा ईश्वरीय सत्ताको सिद्धान्त स्पष्ट हुने गर्छ । साथै, यसलाई पाउन अन्तर्चेतना ऊध्र्वगमनतिर प्रेरित गर्छ । र, हाम्रो सबै आन्तरिक सांसारिक योग्यता आफैं समाप्त हुन्छ ।

जब हामी सूक्ष्म तत्त्वप्रति एकाग्रता बढाउँछौ, तब संवेदना वा चेतना पनि सूक्ष्म हुन्छ । र, हामी सूक्ष्म संसारमा प्रवेश गर्छौं । र, हामीलाई हृदयमा ज्योति, अग्निशिखा देखिन थाल्छ । त्यहीबाट हाम्रो यात्रा सुरू हुन्छ ।

To Top