जीवनशैली

सधैँ स्वास्थ्य रहनको लागी खानुपर्ने खानेकुराहरु

  मंगलवार माघ ९ २०७४         लुअप
सधैँ स्वास्थ्य रहनको लागी खानुपर्ने खानेकुराहरु

सधैँ स्वास्थ्य रहनु हरेक मानिसको चाहान हो । स्वास्थ्य रहनको लागी मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि मानिसको सा-साना गल्तीले गर्दा उनीहरु बिरामी पर्ने गर्छन् । हामीले आफु स्वास्थ्य रहनको लागी सबैभन्दा बडी ध्यान हामीले खाने खानेकुरामा दिनुपर्छ । हामीले खानेकुरा यदि पौष्टिकयुक्त भएन भने यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । कतिपय खानेकुराहरुले हामीलाई सधैँ स्वास्थ्य राख्न मद्धत गर्छ । त्यस्ता खालका खानेकुराहरु हामीले सधैँ आफ्नो खानामा सधैँ सामेल गराउनुपर्छ ।

सधैँ स्वास्थ्य राखन मद्धत गर्ने खानेकुराहरु यस प्रकार छन् :

१) स्याउ : स्याउमा प्रसस्त मात्रामा फाइबर हुन्छ । जसले हाम्रो पाचन पक्रियालाई निकै मद्धत पुर्याउँछ । त्यसका साथै यसमा पाइने भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्वले शरीरलाई स्वास्थ्य राख्न मद्धत गर्छ ।

२) बदाम र ओखर : बदाम र ओखरले मानिसको आँखालाई सधैँ स्वास्थ्य राख्न मद्धत गर्छ । त्यसका साथै यसले शरीरको कोलेस्ट्रोललाई नियन्त्रण गरेर राख्छ । जसले गर्दा हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

३) अंगुर : हरेक दिन अंगुर खाने गरेमा शरीरमा अनावश्यक बोशो लाग्दैन । यसले गर्दा हाम्रो शरीरको तौल नियन्त्रित रुपमा रहन्छ । शरीरमा कार्बोहाइड्रेट्सको मात्रा धेरै हुन पाउदैन ।

४) केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन ।

५) ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ ।

६) दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्‍याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

To Top