अन्तर्राष्ट्रिय

जापानमा नेपाली युवाको नयाँ समूह गठन

  बिहीबार माघ ४ २०७४         लुअप
जापानमा नेपाली युवाको नयाँ समूह गठन

काठमाडौं, माघ ४ – जापानमा रहेका क्रियाशील नेपाली युवाको नयाँ समूह गठन भएको छ । ईश्वर पौडेलको अध्यक्षतामा कुनै पनि राजनीतिक दलमा आवद्द नभएका, पढाई, व्यापार, व्यवसाय र काम गर्ने नेपाली युवाले ‘लक्की टिम’ जापान गठन गरेका हुन् । 

नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले समूहको गठन गरिएको अध्यक्ष ईश्वर पौडेलले बताउनुभयो । समूहको औपचारिक घोषणा कार्यक्रममा गैरआवसीय नेपाली संघ जापानका कार्यबाहक अध्यक्ष शिवप्रसाद पौडेल र उपाध्यक्ष सरोजकुमार खत्रीको सहभागिता थियो ।  

To Top