लोकसेवा

गोरखापत्र - २०७४ माघ ३ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

  बुधवार माघ ३ २०७४         लुअप
गोरखापत्र - २०७४ माघ ३ - बिषयगत र बस्तुगत प्रश्नोत्तर

विषयगत प्रश्नोत्तर

१. आदिवासी जनजाति आयोगको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।
नेपालमा आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तीकरण गर्न नेपालको संविधानमा आदिवासी जनजाति आयोगको गठन गरी आदिवासी जनजाति आयोग ऐन, २०७४ तर्जुमा गरिएको छ । उक्त ऐनले आदिवासी जनजाति आयोगको काम, कर्तव्य र अधिकार निम्नानुसार हुने व्यवस्था गरेको छः

– आदिवासी जनजाति समुदायको समग्र स्थितिको जनजाति समुदायको समग्र स्थितिको अध्ययन गरी तत् सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका लागि राष्ट्रिय नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्बन्धमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नभएको विषयमा अध्ययन अनुसन्धान गरी प्रभावकारी कार्यान्वयन गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
– आदिवासी जनजाति समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्वन्धमा भइरहेका कानुनी, नीतिगत सम्बन्ध्मा नेपाल सरकारलाई सुझाव दिने,
– आदिवासी जनजाति समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने,
– आयोगले गरेका सिफारिस वा दिएका सुझाव कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने गराउने,
– आदिवासी जनजाति समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदाय भित्रका विभिन्न भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाकावे अध्ययन अनुसन्धान गरी त्यस्तो भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासका लागि कार्यmक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
– आदिवासी जनजाति समुदायमा विद्यमान कुरीति, अन्धविश्वास तथा सबै प्रकारको शोषणको अन्त्य गर्न र आदिवासी जनजाति समुदायको सशक्तीकरणका लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायमा रहेका परम्परागत सीप, प्रविधि र विशिष्ट ज्ञानको संरक्षण र प्रवद्र्धन गरी व्यावसायिक प्रयोजनमा ल्याउन सहयोग गर्ने,
– आदिवासी जनजाति समुदायको सम्बन्धमा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयन भए नभएको अनुगमन गरी आवश्यक निर्देशन दिने,
– आदिवासी जनजाति समुदायको अधिकार उल्लङघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी सो उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरी थर सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको भौतिक, अभौतिक संस्कृति संरक्षण र सम्बद्र्धनका लागि जीवित सङ्ग्रहालय स्थापना र परिचालनका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,
– आदिवासी जनजातिको उद्गम स्थलको खोज अनुसन्धान गरी त्यस्ता पुरातात्विक र ऐतिहासिक संरचना, वस्तु र स्थलको संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
– आदिवासी जनजाति समुदायको कहितको संरक्षण, सम्बद्र्धन र सशक्तीकरणका लागि नेपाल सरकार र अन्य सङ्घ, संस्थाले सञ्चालन गर्ने चेतनामूलक कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने,
– आदिवासी जनजाति आायेगका अध्यक्ष, सदस्य तथा कर्मचारीका लागि आचारसंहिता बनाई लागू गर्ने,
– आदिवासी जनजाति आयोगको वार्षिक योजना र कार्यक्रम स्वीकृत गर्ने,

२. नेपालको भौगोलिक अवस्थाले मुलुकको समग्र विकासमा के–कस्तो प्रभाव पारेको छ ? लेख्नुहोस् ।
हिमाल, पहाड र तराईमा अवस्थित नेपालको भोगोलिक अवस्थाले मुलुकको समग्र विकासमा निम्नानुसार प्रभाव पारेको छः

सकरात्मक प्रभाव

– पर्यटन व्यवसायको विकासमा सहयोग, आय आर्जन र रोजगारी वृद्धि हुने,
– अमूल्य जडीबुटीको प्रचुरता, औषधि उत्पादनमा सहयोग,
– हिमाल, पहाड र तराईमा कृषि उत्पादनमा विविधता, औधोगिक विकासमा सहयोग,
– हिमाल, पहाड खोला एवम् नदीबाट आन्तरिक र वाह्य सीमाङ्कनमा सहयोग,
– हिमाल प्रमुख नदीको स्रोत स्थल, अथाह जलप्रवाह, विकासको सम्भावना,
– स्वच्छ हावापानी, स्वच्छ वातावरणबाट अनुकूल बसाइमा सहयोग ।

नकारात्मक प्रभाव

– भौगोलिक विकटता, सेवा सुविधा वितरणमा अवरोध, यातायातमा कठिनाई,
– हिमाल, पहाडको भौगोलिक अवस्थाले साधन स्रोतको न्यायिक वितरणमा समस्या,
– हिमालमा ठण्डा हावापानीले कष्टप्रद जीवन,
– हिमाल पहाडमा छरिएर रहेको बस्तीले गर्दा एकीकृत बस्ती विकासमा कठिनाई,
– जनसङ्ख्या वितरणमा असन्तुलन, हिमालमा भन्दा पहाडमा, पहाडमा भन्दा तराईमा जनसङ्ख्याको चाप, बसाइसराईको अवस्था बढ्दो,
– हिमाल, पहाडमा भौतिक पूर्वाधार विकासमा कठिन,
– भौगोलिक विकटताले गर्दा विकास निर्माणमा बढी लागत लाग्ने गरेको अवस्था ।

३. सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका उल्लेख गर्नुहोस् ?
सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने नागरिकता, पासपोर्ट, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, सुरक्षा, दैवीकप्रकोप उद्धार एवम् राहत लगायतका नियमित आकस्मिक एवम् विकासात्मक सार्वजनिक सेवा जनताको घरदैलोसम्म पुर्याउने सबै राष्ट्रसेवक कर्मचारी सेवा प्रदायक हुन् । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थि तगर्न सोको नीति तर्जुमा गर्नेदेखि कार्यान्वयन, अनुगमन, पृष्ठपोषण लगायतका सबै तहमा सेवा प्रदायकको भूमिका बहुआयामिक हुनेगर्दछ । जसलाई निम्न बुँदाबाट उल्लेख गर्न सकिन्छः

– सरकारको प्रतिनिधिका रूपमा कार्य गरी सार्वजनिक सेवा सुविधा सहज, सुलभ एवम् सरल तरिकाबाट जनताको घर दैलोसम्म पुर्याउने,
– सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने,
– सेवा प्रवाहको कार्यमा प्रतिवद्ध भएर लाग्ने,
– मितव्ययिता कायम गरेर सेवा प्रवाह गर्ने,
– ऐन नियम कानुन पालना गरेर सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहमार्फत सरकार र जनताको सम्बन्ध थप सुदृढ गर्न मद्दत गर्ने,
– आधुनिक प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई छिटोछरितो बनाउने,
– तोकिएको लागत र समयभित्र गुणस्तरयुक्त सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहलाई व्यवस्थि तगर्न नागरिक समाज एवम् निजी क्षेत्रसँग समन्वय गर्ने,
– सेवा प्रवाहको अनुगमन र मूल्याङ्कन गरी सेवा प्रवाह कार्यमा थप सुधार गर्ने,

 

वस्तुगत प्रश्नोत्तर

१. युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोबल युथ पिस कन्फ्रेन्स– २०१८’ कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं. २०७४ पुस २९–३० (सन् २०१८ जनवरी १३–१४), काठमाडौं
– विश्वभरका युवाका साझा समस्या र सरोकारबारे केन्द्रित रही विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधि युवा अन्तर्राष्ट्रिय सम्मेलनमा रहभागी भएका ।
– सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि साँस्कृतिक कूटनीतिक सम्बन्ध लगायतका विषयमा छलफल भएको ।

२. चलचित्र तथा टेलिचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड– २०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
– ‘थ्री बिलबोर्डस् आउटसाइड एविड, मिजौरी’
– सोही चलचित्रले उत्कृष्ट अभिनेतृ, उत्कृष्ट पटकथा साथै उत्कृष्ट सहअभिनेता विधामा समेत अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको ।
– ओस्कार अवार्ड पछिको महत्वपूर्ण अवार्डका रूपमा हेरिने सो ‘गोल्डेन ग्लोब्स अवार्ड’ मा उत्कृष्ट मोसन पिक्चर (विदेश भाषामा) को अवार्डबाट जर्मनीको इन द फेड पुरस्कृत भएको ।
– त्यस्तै उत्कृष्ट अभिनेता मोसन पिक्चर ड्रामाः गेरी बल्र्डम्यान (डार्केस्ट आवर), उत्कृष्ट अभिनेत्री मोसन पिक्चर ड्रामाः फ्रोन्सेस म्याकडरम्यान्ड (‘थ्री बिलबोर्डस् आउटसाइड एविङ, मिजौरी’) लाई प्रदान गरिएको ।
– उत्कृष्ट निर्देशकमा गुलेर्मो डेल टोरो (द सेफ अफ वाटर) एवम् उत्कृष्ट अभिनेत्री म्युजिकल र कमेडीमा साओराइज रोनन (लेडी बर्ड)लाई प्रदान गरिएको ।

३. दुई लाख रुपियाँ र राशिको पहिचान पुरस्कार– २०१८ बाट सम्मानित कृति कुन हो ?
– पत्रकार तथा लेखक यज्ञशको ‘भुइँया’
(सन् २०१७ मा अर्जुन खालिङको कृति ‘गोयाङ्कको सुगन्ध’लाई सो पुरस्कार प्रदान गरिएको ।)

४. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?
– वि.सं. २०७४ पुस २८
– स्थलमार्गबाट रसुवा हुँदै अष्टिकल फाइवरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।
– अव विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।

५. सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ?
– वि.सं. २०७४ पुस २९

६. नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ?
– माघ १
(वि.सं. २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको । वि.सं. २०७४ माघ १ मा तेस्रो राष्ट्रिय योग दिवस मनाइएको ।)

७. माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ?
– नेपालको सुदूर पश्चिम 
(सुदूर पश्चिमका पहाडी जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिका दिन कागतिहार मनाउने चलन रहेको । हरेक वर्ष पौष मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने चलन रहेको । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाई गरी कागलाई बोलायर खुवाउने प्रचलन रहेको ।)

८. सिन्धुपाल्चोक जिल्लामा निर्माणधीन मध्य माटेकोसी जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
– १०२ मे.वा.

९. सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धूमपान मुक्त गर्ने उद्देश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ?
– वि.सं. २०७४ पुस २८
(नेपालमा २०६८ सालमा आएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन यो रणनीति तर्जुमा गरिएको । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई २०७२ जेठ १ देखि संशोधनसहित कार्यान्वयनमा ल्याइएको । उक्त ऐन अनुसार सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेट प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने व्यवस्था गरिएको ।)

१०.सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ?
– वि.सं. २०७४ पुस २८

To Top