स्वास्थ्य

एलर्जीको कारण रुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्

  बुधवार पौष १९ २०७४         लुअप
एलर्जीको कारण रुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्

जाडो समयमा रुघाखोकी प्राय मानिसलाई लाग्ने गर्छ । शरीरमा चिसो लागेपछि हामीलाई रुघाखोकीले सताउने गर्छ । त्यसैले यस समयमा आफ्नो शरीरलाई जतिसक्दो न्यानो राख्नुपर्छ । यदि समयमा नै यसको उपचार भएन भने हामीलाई निमोनिया हुन्छ । यसले झन् ठुलो समस्या ल्याउने गर्छ । रुघाखोकी लागेको समयमा सरसफाइमा पनी ध्यान पुर्याउनु पर्छ । मानिसलाई एलर्जीले गर्दा पनी रुगाखोकी लाग्ने गर्छ । त्यसैले हामीलाई के कारणले गर्दा यो समस्याले सताई राखेको छ भने कुरा राम्रोसँग बुज्नुपर्छ ।

एलर्जीको कारण हुने रुघाखोकीबाट बच्ने उपायहरु यस प्रकार छन् :

१) रौं भएका जनावरबाट टाढा रहने । यस्ता जनावरलाई सुत्ने कोठाबाट टाढै राख्ने ।

२) घरमा राखिएका पर्दा, तन्ना, ओढ्ने लगायतलाई धोएर सफा राख्ने ।

३) सकेसम्म तकिया तथा गद्दालाई प्लाष्टिकले बधर राख्ने । पाच वर्ष भन्दा पुराना गद्दालाई बदल्ने। किनकी त्यस्ता गद्दामा धेरै भन्दा धेरै धुलो जमेर बसेको हुन्छ ।

४) घरको साफसफाई गर्दा भ्याकुम क्लिनरको प्रयोग धेरै भन्दा धेरै गर्ने । घरका फर्निचर तथा भुई सफा गर्दा भिजेको कपडाले सफा गर्ने । किनकी भिजेको कपडाले भई सफा गर्दा धेला कम उड्नुका साथै जमेर बसेको धुलो राम्ररी सफा हुने गर्दछ ।

५) त्यसबाहेक, घरका भित्तामा ढुसी लागेको छ भने त्यसलाई साबुन , पानी तथा ब्लीचले राम्ररी सफा गरेको खण्डमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

To Top