फिचर

जीन्दगीभर आर्यघाटमा दैनिकी, लास जलाएर घरको चुलो बाल्छन् ज्ञानप्रसाद

  मंगलवार पौष १८ २०७४         लुअप
जीन्दगीभर आर्यघाटमा दैनिकी, लास जलाएर घरको चुलो बाल्छन् ज्ञानप्रसाद

राजधानी काठमाडौँ सुखको मात्र होइन दुःखको पनि राजधानी हो । यहाँ लाखौँ जीन्दगी दुखजिलो गरेरै चलिरहेको छ । धेरैले यहाँ दुखकष्ट सहेर जसोतसो जीवन गुजारी रहेका छन् । सडकका पेटीहरुदेखि आर्यघाटका छेउहरुमा बाँच्न कै लागि र बचाउन कै लागि संघर्ष गर्नेहरु धेरै भेटिन्छन् । यस्ता धेरै पात्रहरु छन् कहानीहरु छन् । काठमाडौँ सहर भित्र ….।

यस्तै कयौँ पात्रहरु मध्यका एक हुन् ज्ञानप्रसाद आर्चाय जसले लास जलाएर घरको चुलो बाल्छन् । जसको जीज्दगीको आधा उमेर आर्यघाटको दैनिकीमा उर्जाशील समय पशुपति आर्यघाटमा बित्यो । काठमाडौंको थानकोट बस्ने ६८ वर्षीय आचार्य ३१ वर्ष देखि आर्यघाटमा शब पोल्दै आइरहेका छन् । २ छोराछोरी भएको श्रीमती सहितको उनको परिवार छ । उनको दैनिकी पशुपति आर्यघाटमा नै बित्छ । उनी त्यहि खान्छन त्यहि बस्छन् ।

लास जलाएको कमाइले नै बिगत ३१ वर्षदेखि उनको परिवार खर्च चल्दै आएको । सुरुमा ३१ वर्ष अगाडी एउटा शब जलाए बापत ६० रुपैया थियो अहिले बढेर उनको दैनिक आम्दानी एउटा शव जलाए बापत १ हजार ८० रुपैयाँ कमाउछन् । दिनमा कति ओटा सब पोल्छन् थाहा हुदैन । पालो कुर्नु पर्छ एउटा शव जलाएको ३ देखि ४ घण्टा लाग्छ । पालो गर्दा महिनामा ३० देखि ४० ओटा सब पोल्दै आएका छन् । उनको त्यहि तलबबाट जीवन गुजारा गर्न गाह्रो पर्छ । कोहि शब् लिएर आउने मलामीहरुले दयामाया लागेर धेरै÷थोरै रकम हातमा हाल्दिन्छन् । केही राहत मिल्छ ।

जीबनमा मानिसले सबै कामहरु गर्छन तर उनको शब पोल्ने काम जीबनको बाच्ने आधार बनेको छ्र । उनी भन्छन “बाच्नको लागि जसरी पनि काम गर्ने पर्छ बुढो भइयो आँखाले देख्न छोडिसक्यो गर्मी पानी भन्न पाइदैन, आगोमा बस्नु सजिलो छैन ।” शव जलाउने भनेर मात्रै पनि हुँदैन जान्नु पर्छ काम नजान्दा गाह्रो पर्छ उनले आफ्नो अनुभब सुनाउँदै भने “शब जलाउने काम अरूले शब जलाएको हेर्दा हेर्दै आफैले सिके । दुःख छ अर्काको भनाइ खानु पर्छ, दुख नगरे खान पाइदैन ।” आचार्य बाच्नकै लागि शब जलाउने पेशामै लागि रहेका छन् ।

“जति धेरै काम गर्न् सक्यो त्यति नै आम्दानी हुन्छ, अब अरु काम गर्न सकिदैन । त्यसैले यो पेशा गर्दै आएको हु । जीवनमा सुख, दुख, अभाब, समस्या त आइ नै रहन्छ । यस्तो काम सबैले गर्न सकिदैन, नराम्रो काम गर्नु हुदैन, खट्नु पर्छ, मेहेनत गर्नु पर्छ र डराउनु हुदैन, लजाउनु हुदैन, ।”

उनले भने “अहिलेसम्म बाँचिएको छ अझै बाच्नु छ काम त गर्नु पर्यो । दैनिक कति आम्दानी हुन्छ भन्ने हुदैन । कहिले धेरै हुन्छ कहिले थोरै हुन्छ ।” उनले यही पेशाको आम्दानीबाट जीवन चलाई रहेका छन् ।

तुलनात्मक रुपमा बिद्युतीय शब दाहगृहमा शब सतखत गर्न सहज हुने भएकाले पछिल्लो समय दाउराबाट शव जलाउनेहरुको केही कमी आएको शब जलाउने काम गर्दै आएकाहरु बताउँ छन् । त्यसैले पनि शबदाह गर्नेहरुको आम्दानीमा समेत प्रभाब परेको उनीहरु बताउँछन् ।

विधुतीय शवदाह गृहको तथ्यांक अनुसार २०७२ माघ १० गते देखि अहिलेसम्मको शवहरु जलाएको संख्या छ हजार पाच सय चार रहेको छ । सुरुमा २ वटा शवहरु परीक्षण गरिएको थियो । शव जलाउनको लागि १० बर्ष भन्दा मुनिको उमेरकालाई २ हजार र त्यसभन्दा माथिकालाई ४ हजार शुल्क लाग्ने गरेको छ ।

विद्युतीय मेसिनमा शव जल्नको लागि बालबालिकालाई ४५ मिनेट लाग्छ भने ठुलोलाई करिब १ घण्टा समय लाग्ने गरेको छ लाग्छ । तर दाउराबाट भने एउटा शव जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ । दाउरा किन्नको लागि १० देखि १२ हजार लाग्ने गरेको छ ।

To Top