बिज्ञान

इनोभेटिभ घर नेपालद्धारा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम हुदै

  सोमवार पौष १७ २०७४         लुअप
इनोभेटिभ घर नेपालद्धारा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम हुदै

काठमाडौं, पुस, १७ – इनोभेटिभ घर नेपालले आगमी पुस २१ र २२ गते विराटनगरमा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम गर्ने भएको छ । नेपालमा कला र प्रविधिको क्षेत्रमा कार्य गर्दै आएका उद्यमी,अन्वेषक र कलाकारहरुले कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।

कार्यक्रममा डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामग्रीहरु, कृत्रिम बौद्धिकता र रोबोटीक कलाको प्राविधिक विकास कसरी भइरहेका छन् भन्ने विषयमा जानकारी दिइने इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले बताए । उनले भने ‘नेपाललाई प्राविधिक क्षेत्रको हबको रुपमा विकास गर्दै युवाहरुलाई नेपालमा नै रोजगारीको अवसर सृजना गर्ने उदेश्यले मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियान गरेका हौं । विराटनगरमा हुने कार्यक्रममा  १९ प्रदर्शकहरुले उत्पादन गरेका प्राविधिक उपकरणहरुको प्रदर्शनी गछौं ।

मण्डला नाटक समुहको मोवाइल थिएटर बस, थ्रीडी प्रिन्टर मशिन, सीएनसी मशिनहरु, ड्रोन क्यामरा, रोबोट, औद्योगिक यन्त्र, रकेट लगायत राइट दाजुभाइले बनाएको प्राचीन उडानयन्त्र जस्तै किसिमका विना इन्जिनका ग्लाइडरहरु प्रदर्शन गरीने कार्कीले जानकारी दिए ।

दुईदिनको कार्यक्रममा ३ हजार बन्दा बढिले कार्यक्रमको अवलोकान गर्ने अनुमान आयोजकको छ । 

To Top