अर्थ

नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग उकालो लाग्यो शेयर बजार

  सोमवार पौष १७ २०७४         लुअप
नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग   उकालो लाग्यो  शेयर बजार

काठमाडौं, १७ पुुस । पछिल्लो समय अरालो लागेको शेयर बजार अंग्रेजी नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग उकाली लागेको छ । अन्तत नेप्से १४ सय अंकबाट माथि चढेको छ ।

साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से ४४ दसमलव २२ अंकले बढेर १४ सय ३४ दसमलव ८० अंकमा पुुगेको हो । सेन्सिटिभ पनि नौ दसमलव दुुई अंकले बढेर तीन सय एक दसमलव ३२ अंकमा पुुगेको छ ।

एक सय ६३ कम्पनीहरुको पाँच हजार एक सय ६७ वटा कारोवारमा ११ लाख ३२ हजार ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४९ करोड ४३ लाख १७ हजार दुुई सय ११ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोवार भएकोमा अन्य समुहको घटेर बाँकी समुहको सुचक बढेको छ । बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ५२ अंकले बढेर १२ सय ३१ दसमलव ७१ अंकमा पुुगेकोमा २१ करोड ९८ लाख ५९ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बीमा समुहको सुचक पनि आज दुई सय ७० दसमलव आठ अंंकले बढेर सात हजार चार सय ८३ दसमलव तीन अंकमा कायम रहेकोमा १० करोड ६९ लाख ४१ हजार रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैंक समुहको सुचक ४५ अंकले बढेर १६स सय २४ दसमलव ६२ अंकमा कायम रहेकोमा दुुई करोड आठ लाख ८५ हजार नौ सय रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युत समुहको सुचक ५९ दसमलव आठ अंकले बढेर १९ सय ६६ दसमलव २४ अंंकमा कायम रहेकोमा तीन करोड ७१ लाख ४७ हजार छ सय रुपैयाँको सेयर कारोवार भएको छ । यसबाहेक आज ट्रेडिङ, होटल, उत्पादनमुुलक, फाईनान्स र लघुबित्त समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनीको संस्थाको संस्थापक सेयर परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा पुुर्णिमा बिकास बैंक परेको छ  । रकम कारोवारका आधारमा भने स्टान्र्डड चार्टड बैक अग्रस्थानमा परेको छ ।

To Top