राजनीति

शेरबहादुर देउवाले पार्टीमा ‘मनोमानी’ गरेको कांग्रेस नेताहरुकै भनाइ

  आइतवार पौष १६ २०७४         लुअप
शेरबहादुर देउवाले पार्टीमा   ‘मनोमानी’  गरेको   कांग्रेस नेताहरुकै भनाइ

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभाका समानुपातिक तर्फका सांसदको नामावलीलाई लिएर पार्टी भित्रै विवाद पैदा भएको छ। सभापति शेरबहादुर देउवाले प्रदेश सभाका ७२ सदस्यको अन्तिम नामावली पार्टीकै नेताहरूलाई हेर्न नदिएर षड्यन्त्र गरेको भन्दै नेताहरूले खुलेआम विरोधका अभिव्यक्ति दिएका छन्।

अन्तिम नाम छनोट गर्नका लागि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै चर्काचर्की भएपछि देउवाले बहुमतका आधारमा निर्वाचन आयोगमा सूचि पठाएको भन्दै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताले देउवाको ‘मनोमानी’  को विरोध गरेका बैठकमा सहभागी नेताले जानकारी दिए। शुक्रबार निर्वाचन आयोगमा पठाइएको नामावली सूचिको निर्णयमा कतिपय नेताहरूले हस्ताक्षर बहिष्कार गरेका छन्।

केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा उपस्थित कतिपय नेताले देउवाको कार्यशैलीप्रति आपत्ति जनाउँदै निर्णय पुस्तिकामा हाजिर गर्न समेत मानेनन्।

नेता अर्जुननरसिंह केसीले त सञ्चारकर्मीसँग बैठकको निर्णय हेर्न माइन्युट माग्दा सभापतिले नदिएको प्रतिकृया दिए। ‘अन्तिम सूचिमा क-कसको नाम पर्यो भनेर हेर्न माग्दा माइन्युट नै पाएनौं, यो हदैसम्मको निरंकुश व्यवहार हो।’

To Top