स्वास्थ्य

महोत्तरी गौशाला नगरपालिकामा निःशुल्क आँखा शल्यक्रिया आयोजना

  शुक्रवार पौष १४ २०७४         लुअप
महोत्तरी गौशाला नगरपालिकामा निःशुल्क  आँखा शल्यक्रिया  आयोजना

महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा रमेश सिंहले बताउनुभयो ।

गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा गौशाला, बर्दिवास र भंगहा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्ति आँखाको उपचारका लागि आएका थिए । (रासस) 

 

To Top