स्वास्थ्य

बन्द कोठामा हिटर प्रयोग मानव स्वास्थ्यका लागि खतरनाक

  बिहीबार पौष १३ २०७४         लुअप
बन्द कोठामा हिटर प्रयोग मानव स्वास्थ्यका लागि खतरनाक

काठमाण्डौ । हरेक वर्षको चिसोयाममा विभिन्न कारण ज्यान गुमाउनेको संख्या बढी हुन्छ । कोही, चिसोले कठ्याङ्ग्रीए ज्यान गुमाउँछन् भने कोही कोठामा गुम्सिएर । न्यानो वासस्थानको अभावमा चिसोका कारण ज्याउन गुमाउने मात्र छैनन् । न्यानो बनाउन कोठाका झ्याल–ढोका सबै बन्द गरेर हिटर बाल्नेहरु पनि आक्सिजन अभावमा ज्यान गुमाउँछन् । त्यसैले, चिसोयाममा विशेष सावधानी अपनाउन चिकित्सकहरु सुझाव दिन्छन् ।

चिसो मौसममा न्यानोपनका लागि कोठाका सबै झ्याल–ढोका बन्द गरेर हिटर वा कोइला बालेर सुन्ते धेरैको बानी छ । तर, यो तरिका मानिसका लागि अत्यान्तै खतरा हुने चिकित्सकहरु बताउँछन् । कोठा बन्द गरेर ब्रिकेट, ग्याँस हिटर, विद्युतीय हिटर र कोइला बाल्दा निशासिएर धेरैको मृत्यु हुने गरेको छ । यस्ता हिटरहरुबाट कार्बन मोनोअक्साइड ग्यास उत्पादन हुन्छ । त्यो मानव शरीरका लागि घातक हुन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन्छ । स्वासप्रस्वाश प्रकृया बन्द भएपछि मानिसको मृत्यु हुने गरेको स्वासप्रस्वास रोग विशेषज्ञ डाक्टर निरज बम बताउँछन् ।

चिसो मौसममा हिटर प्रयोग गर्नु हुँदैन भन्ने होइन । हिटर प्रयोग गर्दा हावा खेल्ने स्थान रोज्नु पर्ने चिकित्सक बताउँछन् । सुन्ते बेलामा ब्रिकेट, ग्याँस हिटर, विद्युतीय हिटर वा कोइला बाले पनि झ्याल–ढोका खुल्ला राखे मानव स्थास्थ्यमा कम असर पर्ने चिकित्क बमको सुझाव छ ।कोठा न्यायो पार्नका लागि बालिने कोइला वा दाउराबाट प्रशस्त मात्रामा कार्बन मोनोअक्साइड ग्यास उत्पादन हुन्छ । त्यो ग्यास बाहिर जान नपाए मात्र मानिसलाई असर पर्ने हो । त्यसैले चिसो समयमा न्यानोका हिटरहरु प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।

To Top