बिज्ञान

चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका वेभसाइट बन्द

  सोमवार पौष १० २०७४         लुअप
चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका वेभसाइट  बन्द

चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ ।

चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो ।

यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो ।

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ ।

सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।

To Top