बिज्ञान

नेपाल पनि पल्सर मोटरसाइकल बनाउने तयारीमा

  आइतवार पौष ९ २०७४         लुअप
नेपाल पनि पल्सर मोटरसाइकल बनाउने तयारीमा

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ  ।

बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ ।

अब छिट्टै बजाज १५० सिसिको उत्पादन सुरु गर्छौ बजाज अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने । उत्पादन सुरु भएको १७ बर्षपछि  पहिलोपटक नेपालमा नै बन्न सुरु
 भएको हो । यसले मोटरसाइलका पारखिलाई नयाँ स्वाद दिन सक्ने छ ।

बजाज इन्डियाको उत्पादन पल्सर नेपालमा मात्रै नभएर दक्षिण एसियाली बजारमा समेत निकै चर्चित रहेको छ ।

बजाज अटोले सन् २००१ बाट पल्सरको उत्पादन सुरु गरेको हो । कम्पनीले अहिलेसम्म १ करोड युनिट पल्सर बिक्री भएको जनाएको छ ।

१ करोड युनिट बिक्रीपछि कम्पनीले एक कार्यक्रम आयोजना गर्दै पल्सरको नयाँ सिरिज ल्याउने घोषणा गरेको छ ।

To Top