मनोरञ्जन

बिटक्वाइनबाट मालामाल भए अमिताभ, करोड लगानी गरेर अर्बौं आम्दानी

  बिहीबार पौष ६ २०७४         लुअप
बिटक्वाइनबाट मालामाल भए अमिताभ, करोड लगानी गरेर अर्बौं आम्दानी

नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा बिटक्वाइनको कारोबारबाट भारतीय सिने उद्योग बलिउडका बादसाह मानिने अमिताभ बच्चनले भने अर्बैं कमाएका छन् । 

बच्चन परिवारले अढाइ वर्ष पहिले बिटक्वाइनमा लगानी गरेको थियो । बचन परिवारले करिव २ करोड ५० लाख भारतीय रुपैयाँ बिटक्वाइनमा लगानी गरेको थियो । अहिले भने त्यसको भ्यालू बढेर १ अर्ब १० करोड भारतीय रुपैयाँ पुगेको छ । 

बिजनेस स्टान्डर्डमा प्रकाशित समाचारका अनुसार अमिताभले छोरा अभिषेकसँग मिलेर सन् २०१५ को मध्यतिर मेरीडियन टेक पीटीआईमा १.५ करोड भारतीय रुपैयाँ लगानी गरेका थिए । मेरीडिइन टेक पीटीआई बिटक्वाइनजस्तै क्रिप्टोकरेन्सीमा लगानी गर्ने सिंगापुरको कम्पनी हो ।

प्राय गोप्य रुपमा काम गर्ने यो कम्पनीको बारेमा धेरै कम मानिसहरुलाई मात्रै जानकारी रहेको बताइन्छ । 

पछिल्लो हप्ता मात्रै मेरीडियनको प्राइस एसेट जीडूडट्कमलाई एक विदेशी कम्पनी लान्गफिन कर्पले खरिद गरेको थियो । त्यसपछि त्यो कम्पनीमा लगानी गर्नेको भाग्य चम्किएको हो । उक्त डील लान्गफिन कर्प अमेरिकी स्टक एक्सचेन्ज नेस्डेकमा लिस्टिङ भएको दुई दिन पछि भएको थियो । 

सन् २०१५ को मे महिनामा अमिताभ बच्चनले मेरीडियनमा लगानी गरेका थिए । त्यतिबेला जीडूडट्कम एक क्लाउड स्टोरेज र इ–डिस्टिब्युटर्सनको रुपमा चिनिन्थ्यो । 

अमिताल बच्चनले दुई अकाउन्ट (खाता)को माध्यमबाट कम्पनीमा लगानी गरेका थिए । एटक उनको आफ्नै नाम (अमिताब बच्चन)बाट सञ्चालित थियो भने अर्को अमिताभ र अभिषेक दुवैको संयुक्त अकाउन्ट थियो ।

To Top