साहित्य

गजल

  सोमवार कार्तिक ६ २०७४         राज सुवेदी बिवश
गजल

झर्यो आँसु थोपा नजिक को भए र ?
सबै आउँनु जल्छूँ म आगो भएर ।

यहीँ वर मिलोस् जिन्दगीमा मलाई
सदा बाँचु आमा म तिम्रो भएर ।

बताऊ प्रिया ओखती के छ त्यस्तो
विगत याद आउँदैन कस्तो भएर ।

तिमी जून तारा म धर्तीको धूलो
कहाँ सक्छु त्यो चुम्न धागो भएर।

कहाँसम्म घाती बन्यो याद तिम्रो
सधैं दुख्छ छाती अचानो भएर ।

बहर : मुतकारिब
बहर बहार

To Top