अन्तरवार्ता

नक्कली प्रचन्ड तथा ट्वाकेन्द्र निवास का ट्वाकेन्द्र संगको कुराकानी ।

  शनिबार साउन २१ २०७४         लुम्बिनी अनलाईन पत्रिका
नक्कली प्रचन्ड तथा  ट्वाकेन्द्र निवास का ट्वाकेन्द्र संगको कुराकानी ।

१. ट्वाकेन्द्र कस्ताे चरित्र हाे?

       ट्वाकेन्द्र २४ घन्टा जाड रक्सी खाने र गफ दिने फुर्ती लाउने पात्र हाे तर उ देशकाे लागि साेच्ने चिन्ता गर्ने मनकाे राम्राे मान्छे हाे .

. रमाईलो कार्यक्रम छ यसको  कन्सेप्ट कसरी अायाे?

       मैले नाटक मा सिरियल मा विभिन्न चरित्र गर्ने क्रममा भुकम्प पछि रेडक्रसकाे कचहरी नाटक अभियान मा धेरै चरित्र अभिनय गरेकाे मध्ये याे जाड खाएर अाउने र राहत माग्ने चरित्रकाे अभिनय गर्दा धेरै नै मन पराइदिनु भयाे र याे पात्र हरेक गाँउमा छन भन्नू भयाे र एन के टिभि काे टिम ले का्र्यक्रम काे कन्से्पट सुनाएर यस्ताे कार्यक्रम गर्न पाए चल्थ्याे हाेला! तपाइले मात्र गर्न सक्नु हुन्छ भने पाछि म तयार भएकाे हाे,  याे कार्यक्रम नेपालमा बिशुद्ध नया कन्सेप्ट हाे गाउघर काे जन जीवन मा सेलीब्रेटि लाई लगेर फरक ढँगले अन्तरवार्ता गरेर रमाइलाे गरिन्छ र याे खाले कमेडि टक शाे लाई धेरैले रुचाउनु भाछ

.ट्वाकेन्द्र निवास कार्यक्रमले छोटो समयमानै धेरै चर्चा कमाई सकेको छ यो बिषयमा के भनु हुँन्छ?

       याे सबै नेपाली दर्शक स्राेताकाे माया हाे! सबैले मन पराइदिनु भाछ ।भियाेर्स पनि राम्राे गाछ एन के टिभी यु ट्युब च्यानलमा र हाम्राे टिम पनि राम्राे छ यस्काे लागि नवराज खड्का, सुन्दर खनाल बेवी र सम्पुर्ण एन के टिभी परिवारलाई धन्यवाद दिन्छु र विशेष धन्यवाद जीवनसाथी बस्नेत जी लाई दिन चाहान्छु वहाले मलाइ बिश्वास गर्नु भाे! वहाँ मेराे साथी पनि हाे !

४.कस्ताे गेस्टलाइ कार्यक्रममा ल्याउनु हुन्छ?

        अहिलेका सर्वाधिक चर्चामा अाएका सबैले रुचाएका र राम्राे काम गरेका व्यक्तित्वहरुलाइ गेस्ट काे रुपमा ल्याउने गरेकाे छ!

.नेपाल को चर्चित व्यक्ति हरू लाई कार्यक्रम मा बोलाउनु हुन्छ उहाँ हरू को तर्फबाट चै कस्तो प्रतिक्रिया पाउनु भाको छ त ?

        सबै भन्दा राम्राे प्रतिक्रिया नै कार्यक्रम मा अाउने पाहुना वाट पाएका छाै! गाउँ घरमा अा जस्तै लाग्याे र यस्ताे कार्यक्रम मा अहिले सम्म गएकाे थिइन भनेर निकै खुशी भएर जानू भा छ! विशेष गरि कार्यक्रम काे अन्त्यमा बिदाइ गर्दा टीका लाएर अाशिर्वाद दिएकाे र दक्षिणा दिएकाे कुराले गायिका ईन्दिरा जाेशी राेएर सुटिङ राेक्नु परेकाे थियाे त्यसै गरि गायक सत्यराज अाचार्य र महा नायक राजेश हमाल ले पनि असाध्यै मन छुने कार्यक्रम र याे कार्यक्रम काे भबिश्य उज्जवल छ भन्नुभयाे!

. कार्यक्रम भरी जड्याहाकाे चरित्रमा बस्न अप्ठ्याराे हुदैन?

       कुनै पनि चित्रमा बसिरहन र न्याय गर्नु गाराे कुरा हाे! सबैले यहि प्रशन गर्नु हुन्छ तर म थियटर अार्टिष्ट हाे म सुटिङ सुरु भएपछि मन्चमा छिरेर चरित्रमा डुबेकाे सम्झन्छु र सुटिङ नसिकिए सम्म चरित्रलाइ छाेड्दिनर हामी एकैदिनमा ४ देखि ५ जना सम्न पाहुना लाई बाेलाएर एकैदिनमा ५ एपिसाेड सम्म सुटिङ गर्छाै प्राय पाहुना ले राेके वाहेक हामी एकै टेक मा पुरै कार्यक्रम सुट गर्छाै ३ वटा क्यामरा प्रयाेग गरेर!

.बिदेश तिर बाट कस्ताे प्रतिक्रिया अाउ छ त?

       सबै भन्दा माया गर्ने हेर्ने र शेयर गरिदिने नै बिदेस मा बस्ने नेपाली दाजुभाइ हरु हुन! वहाँ हरु त कहिले यु ट्ुवमा अपलाेड हुन्छ भनेर कुरेर बस्नु हुन्छ विशेष गरेर वहाहरुकै लागि गाउँ घर काे न्यास्राे मेटियाेस भनेर ट्वाकेन्द्र निवास कार्यक्रम सुरु गरेका हाै!

. बाहिर हिड्दा तपाइलाइ ट्वाकेन्द्र भनेर चिन्छन कि चिन्दैनन्?

       ट्वाकेन्द्र निवासकाे चर्चा सबैतिर भैरहेकाे हुन्छ तर मनै ट्वाकेन्द्र हाे भनेर सवैले चिन्दैनन् अरुले चिनाउदा छक्क पर्छन: मलाइ बुढाे मान्छे भन्ने साेच्दारहेछन यति राम्राे हिराे जस्ताे मान्छे ट्वाकेन्द्र बन्दा कति नराम्राे देखिएकाे भन्छन! त्यसाे भन्दा मलाइ झन खुशी लाग्छ!

. ट्वाकेन्द्र निवासमा के सन्देश पाइन्छ त? कि मनाेरन्जन मात्र हाे?

       मनाेरन्जन का लागि कार्यक्रम तयार पारेकाे भएपनि हरेक मनाेरन्जन भित्र सन्देश लुकेकाे हुनु पर्छ! हास्दा हास्दै वा रमाईलाे गर्दा गर्दै स्लाे पाईजन जस्तै बिस्तारै मान्छेकाे मन पगाल्नु वा परिवर्तन गर्नु पर्छ! साेच परिवर्तन गर्नु पर्छ याे अाफैमा एउटा चुनाैती हाे! याे जाड खाने चरित्रलाई देखाएर जाड रक्सी खादा शरीर मा कति हानि हुन्छ समाजमा कस्ताे असर पर्छ र परिवार मा कस्ताे असर पर्छ भनेर देखाउन खाेजिएकाे छ यस्काे साथै जाड खाने मान्छै सबै खराबनै हुन्छन भन्ने छैन! भन्ने सन्देश दिएका छाैँ !

समय दिनु भएकोमा धन्यबाद !

लुम्बिनी अनलाईन पत्रिका

To Top