अर्थ

नीति अभावले अलैंची खेती जटिल

नीति अभावले अलैंची खेती जटिल

   बिहीबार माघ ४ २०७४    लुअप

इलाम – नेपालमा वार्षिक साढे चार अर्ब रुपैयाँ भित्र्याइरहेको नगदेबाली अलैंचीसम्बन्धी बेग्लै नीति बन्न नसक्दा किसान र व्यवसायीले झन्झट बेहोर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड कार्यान्वयन र तेस्रो मुलुक निर्यातसम्बन्धी सम्झौता अभावले अलैंची उत्पादनदेखि बिक्रीसम्मै समस्या झेल्नुपरिरहेको किसान र व्यवसायी बताउँछन् । पूर्वी पहाडी जिल्लाको मुख्य...

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

   मंगलवार माघ २ २०७४    लुअप

काठमाडौँ, माघ २ - मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ ।  व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार गरेको ह...

हाइटेक प्रविधिबाट तेब्बर आम्दानी

हाइटेक प्रविधिबाट तेब्बर आम्दानी

   मंगलवार माघ २ २०७४    गणेश पौडेल

पर्वत, माघ २ - पर्वतका एक मिहिनेती कृषकले आफैले तयार गरेको नयाँ प्रविधिबाट सामान्यभन्दा तीन गुणासम्म फाइदा लिनुभएको छ । तरकारी उत्पादनमा पछिल्लो समय नेपालमा भित्रिएको दुईवटा नयाँ प्रविधिको प्रयोग गरी पर्वतको कुश्माका लालबहादुर हरिजनले राम्रो फाइदा हात पार्न सफल हुनुभएको हो ।  नयाँ प्रविधिमा गरेको खेतीबाट उहाँले वार्षिक ४५ लाख रुपियाँभन्दा ब...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

   मंगलवार माघ २ २०७४    लुअप

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५७ हजार २ सय पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको तोलाको ५६ हजार ९ सयमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा २ सय बढेको महासंघले जनाएको छ ।     साताको दोश्रो दिन हिजो सोमबार छापावाला सुन ५७ हजार  र तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो ।...

नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग उकालो लाग्यो शेयर बजार

नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग   उकालो लाग्यो  शेयर बजार

   सोमवार पौष १७ २०७४    लुअप

काठमाडौं, १७ पुुस । पछिल्लो समय अरालो लागेको शेयर बजार अंग्रेजी नयाँ वर्ष २०१८ को सुरुवाती दिन सँग उकाली लागेको छ । अन्तत नेप्से १४ सय अंकबाट माथि चढेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से ४४ दसमलव २२ अंकले बढेर १४ सय ३४ दसमलव ८० अंकमा पुुगेको हो । सेन्सिटिभ पनि नौ दसमलव दुुई अंकले बढेर तीन सय एक दसमलव ३२ अंकमा पुुगेको छ । एक सय...

काठमाडौंबाट देशभित्र हवाई यात्रा गर्ने आन्तरिक यात्रु बढ्दो क्रममा

काठमाडौंबाट देशभित्र हवाई यात्रा गर्ने आन्तरिक यात्रु   बढ्दो क्रममा

   सोमवार पौष १७ २०७४    रवीन्द्र शाही

सन् २०१६ को तुलनामा ०१७ मा देशभित्र हवाई यात्रा गर्नेको संख्या ४१ प्रतिशतले बृद्धि भएको छ। नागरिक उड्डय प्राधिकरणले जनवरीदेखि सेप्टेम्बरसम्म त्रिभुवन विमानस्थल भएर देशभित्रका विभिन्न ठाउँमा यात्रा गर्नेको संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा पाँच लाख, ८१ हजार ८९० जना बढेको बताएको छ। यो अवधिमा देशका प्राय सबै आन्तरिक विमानस्थलमा यात्रुको स...

"अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने" : शेरबहादुर देउवा

"अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने" : शेरबहादुर देउवा

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भए...

राप्ती कपास उद्योगमा आगलागी हुँदा लाखौको क्षति

राप्ती कपास उद्योगमा आगलागी हुँदा  लाखौको  क्षति

   आइतवार पौष १६ २०७४    लुअप

पुस १६, २०७४ दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका ६ गुम्राचोक नजिकै रहेको एक कपास उद्योगमा विद्युत् सर्ट भई  आगलागी भएको छ। आइतबार बिहान साढे १० बजेतिर विद्युत् सर्ट भएर राप्ती कपास उद्योगमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबर क्षति भएको उद्योग सञ्चालक लोकमान मसुरले बताए। आगलागीबाट  सिरक डसना बनाउने मेसिन, कपास बनाउन प्रयोग हुने कपडालगायत जलेर...

भारतसँग १६० मेगावाट विद्युत् पुरानै दरमा नवीकरण भयो : नेपाल विद्युत् प्राधिकरण

भारतसँग १६० मेगावाट विद्युत् पुरानै दरमा नवीकरण भयो : नेपाल विद्युत् प्राधिकरण

   आइतवार पौष १६ २०७४    लुअप

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने १६० मेगावाट विद्युत् खरिद सम्झौता (पिपिए) नवीकरण गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभिए अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो । यसअघि कात्तिक १० गते भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) सँग भएको खरिद सम्झौता यही डिसेम्बरमा सकिँदै थियो । ...

सिभिल बैंकले मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने

सिभिल बैंकले मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं १६ पुस  । सिभिल बैंकले ग्राहकलाई २ सय २२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले यस अघि देखिनै शुन्य मौज्दातको बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याजदर दिदै आएको थियो ।

सिमेन्ट उद्योगमा भित्रिदै वैदेशिक लगानी

सिमेन्ट उद्योगमा भित्रिदै    वैदेशिक लगानी

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौँ । नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ । होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो । यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ । होङ्सी शिवम्ले उ...

गत सालको तुलनामा इलाममा सुन्तलाको उत्पादनमा वृद्धि भएको किसानहरु को भनाइ

गत सालको तुलनामा  इलाममा सुन्तलाको उत्पादनमा वृद्धि भएको किसानहरु को  भनाइ

   बिहीबार पौष १३ २०७४    लुअप

इलाम । पुष महिनाको शुरु सँगै इलामको मौसम खुलेको छ । न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तलाको व्यापार राम्रो भएको छ । गत सालको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । किसानको वारीमा सुन्तला लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता पनि छैन । इलाम नगरपालिका ५ तोरीबारीका देव...

विद्युत् प्राधिकरण विराटनगर मातहतका वितरण केन्द्रमा ५ करोड ३८ लाख युनिट विद्युत चुहावट

विद्युत् प्राधिकरण विराटनगर मातहतका वितरण केन्द्रमा ५ करोड ३८ लाख युनिट विद्युत चुहावट

   बिहीबार पौष १३ २०७४    लुअप

काठमाडौँ । विद्युत् प्राधिकरण विराटनगर मातहतका वितरण केन्द्रमा ५ करोड ३८ लाख युनिट विद्युत चुहावट भएको छ । चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख ५ हजार ५७१ युनिट विद्युतमा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । ५ करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको छ । आव २०७३÷७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट वि...

सिम्जुङमा विजुली नहुँदा दैनिक जिवन कष्टकर बन्दै

सिम्जुङमा विजुली नहुँदा दैनिक जिवन कष्टकर  बन्दै

   बिहीबार पौष १३ २०७४    लुअप

 भुकम्प गएको ३२ महिना बित्यो । २०७२ बैशाख १२ गते निभेको बत्ति सिम्जुङबासीले अहिले सम्म बाल्न पाएका छैनन् । ‘यतिका समय भयो हामी कुहिरोका काग भएका छौ’ उदि मायाँ गुरुङले गुनासो गरिन् । स्थानिय देवानसिहं गुरुङको व्यक्तिगत लगानीमा २०६२ सालमा बनेको सो लघुविद्युत बाट सिम्जुङ्गका झण्डै ६ घर धुरीले बिजुली बाल्दै आएका थिए । उक्त लघुविद्युत भुकम्पले ध्व...

सुनको भाउ दिनहु उकालो लाग्दै, ५५ हजार ३०० सय मा कारोबार

सुनको भाउ दिनहु उकालो लाग्दै, ५५ हजार ३०० सय मा कारोबार

   बुधवार पौष १२ २०७४    लुअप

काठमाडौं – आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ ।  मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।   यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।

पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत

पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत

   बुधवार पौष १२ २०७४    लुअप

सिन्धुपाल्चोक । चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन् । नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभएको छ । ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट ने...

उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्बीच समझदारी पत्रमा हस्ताक्षर

उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्बीच समझदारी पत्रमा हस्ताक्षर

   मंगलवार पौष ११ २०७४    लुअप

काठमाडौँ, पुस ११ – युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगारमुलक उद्योग खोली गरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्‍याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा र सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्...

नेपाल औषधी लिमिटेडले माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने

नेपाल औषधी लिमिटेडले  माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने

   मंगलवार पौष ११ २०७४    लुअप

काठमाडौं । नेपाल औषधी लिमिटेडले माघ दोस्रो साताबाट सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । औषधी उत्पादन हुने कारखाना विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जिएमपी मोडलमा बनेसँगै उद्योगले माघ दोस्रो साताबाट सिटामोल पुनः उत्पादन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि जिएमपी मापदण्डअनुसार नै वैशाखदेखि जीवनजल  उत्पादन गरिरहेको छ । विश्व स्वास्...

सहकारीमा १० लाखभन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने

सहकारीमा १० लाखभन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने

   मंगलवार पौष ११ २०७४    लुअप

सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस...

चिनियाँको तुलनामा भारतीय पर्यटकको उत्साहजनक वृद्धि

चिनियाँको तुलनामा भारतीय पर्यटकको उत्साहजनक वृद्धि

   मंगलवार पौष ११ २०७४    लुअप

नेपालमा भारतीय पर्यटकको आगमन दरले पुनः लय समात्न थालेको देखिएको छ । पछिल्ला वर्षहरूमा घट्दै गए पनि सन् २०१७ मा भारतीय पर्यटकको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हुने अनुमान गरिएको छ । यसअघि २०१३ मा १ लाख ८० हजार ९ सय ७४ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यसअघि २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए । चार व...
← Previous 1 3 4 5
To Top