अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु

विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु

   शनिबार जेठ ५ २०७५    रवीन्द्र राज ओझा

५ जेठ, काठमाडौं । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ । होलगुइनका लागि उडेको बोइङ ७३७-२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो । विमान स्थानीय समयअनुसार  दिउँसाे १२ः०८ बजे उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सद...

भारत भ्रमण: प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

भारत भ्रमण: प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

   शुक्रवार चैत्र २३ २०७४    रवीन्द्र राज ओझा

२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । शुक्रबार साँझ मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो। भेटपछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको बताएका छन्।  तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट...

८ कक्षाको छात्रले आफ्नै शिक्षिका र उनकी छोरीलाई बलात्कारको धम्की दिएपछि

८ कक्षाको छात्रले आफ्नै शिक्षिका र उनकी छोरीलाई बलात्कारको धम्की दिएपछि

   बिहीबार फागुन १० २०७४    लुअप

एजेन्सी – भारतको दक्षिणी-पूर्वी सहर गुरुग्रामबाट एक यस्तो खबर आएको छ कि जुन सुनेर तपाईको होस उड्नेछ। कक्षा आठमा अध्ययनरत एक छात्रले आफ्नो शिक्षिका र उनकी छोरीको बलात्कार गर्ने धम्की दिएको छ। उल्लेखनीय कुरा यो छ कि उक्त शिक्षिकाको छोरी पनि त्यस छात्र सँगै एउटै कक्षामा पढ्छिन। त्यस छात्रले आफ्नो शिक्षिकालाई अश्लील सन्देश लेखेर पठाएको थियो। यति ...

जापानमा नेपाली युवाको नयाँ समूह गठन

जापानमा नेपाली युवाको नयाँ समूह गठन

   बिहीबार माघ ४ २०७४    लुअप

काठमाडौं, माघ ४ – जापानमा रहेका क्रियाशील नेपाली युवाको नयाँ समूह गठन भएको छ । ईश्वर पौडेलको अध्यक्षतामा कुनै पनि राजनीतिक दलमा आवद्द नभएका, पढाई, व्यापार, व्यवसाय र काम गर्ने नेपाली युवाले ‘लक्की टिम’ जापान गठन गरेका हुन् ।  नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले समूहको गठन गरिएको अध्यक्ष ईश्वर पौडेलले बताउनुभयो । समूहक...

मलाई गलत ढङ्गले प्रस्तुत गरियोः ट्रम्प

मलाई गलत ढङ्गले प्रस्तुत गरियोः ट्रम्प

   मंगलवार माघ २ २०७४    लुअप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई 'पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको' बताएका छन्। गत हप्ता ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो। तर उनले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन्। कम उमेरका गैरकानूनी आप्रवासीलाई रोक्नका निम्ति गर्...

ट्रम्प - पाकिस्तानले अमेरिकालाई धोका दियो

ट्रम्प - पाकिस्तानले अमेरिकालाई धोका दियो

   मंगलवार पौष १८ २०७४    लुअप

पुस १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई अर्बौं डलरको सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएका ट्रम्पले ट्वीट मार्फत आरोप लगाउनुभएको हो । पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई छ । पछिल्लो १५ वर्षमा अमेरिकाले ३३ अर्ब ड...

इन्डोनेसियामा एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु

इन्डोनेसियामा एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ जनाको  मृत्यु

   सोमवार पौष १७ २०७४    लुअप

जकार्ता, १७ पुस । इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो । इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ । सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत...

दुवईमा नेपाली पत्रकारमाथि नेपालीद्धारा नै निर्घात कुटपिट

 दुवईमा नेपाली पत्रकारमाथि नेपालीद्धारा  नै निर्घात कुटपिट

   सोमवार पौष १७ २०७४    लुअप

 युएईको दुवईमा नेपाली पत्रकारमाथि निर्घात कुटपिट भएको छ । रुकुम घर भइ हाल दुवइमा रहेका पत्रकार पृथीछक बुढामगरमाथि बाटोमा हिँडिरहेका वेला परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरी कुटेका थिए । उक्त समुहले बुढामगरलाई रडले टाउकोमा प्रहार गर्दा उहाँको टाउकोमा गम्भिर चोट लागेको साथै हातमा पनि चोट लागेको छ । आक्रमणबाट घाइते भएका ब...

इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा सरकार विरोधी प्रदर्शनी

इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा  सरकार विरोधी प्रदर्शनी

   आइतवार पौष १६ २०७४    लुअप

एजेन्सी – इरानमा मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्द...

तमु समाज युएईले २० औं वार्षिक उत्सव र ल्होसारसँगै मनाउने

तमु समाज युएईले २० औं वार्षिक उत्सव र ल्होसारसँगै मनाउने

   शनिबार पौष १५ २०७४    उमाकान्त पाण्डे

युएई , पुस १५ – तमु समाज युएईले तमु खि ल्होसार तथा समाजको २० औं वार्षिक उत्सव एकै पटक मनाउने भएको छ । तमुहरुको नयाँ बर्ष पुस १५ मै सुरु हुने भएपनि परदेशमा कार्यरत तमुहरुले एक हप्ता ढिलो बिशेष रुपमा मनाउने भएका हुन ।  युएईमा कार्यरत तमुहरुले आगामी शुक्रबार आबुधाबीको फोल्कनर थिएटरमा लोक गायक राजु गुरुङ र गुरुङ भाषाका चलचित्रकी नायिका भारती घलेल...

डोनल्ड ट्रम्प चीन माथि आक्रोसित, चीन रङ्गे हात पक्राउ परेको भनाई

डोनल्ड ट्रम्प  चीन माथि आक्रोसित,  चीन रङ्गे हात पक्राउ परेको भनाई

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौं, पुस १४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू निकै स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन रङ्गे हात पक्राउ परेको लेखेका छन्। प्योङयाङलाई तेल निर्यात गरिए समस्याको कहिल्यै मैत्रीपूर्ण समाधान हुन नसक्ने ट्रम्पले उल्लेख गरेका छन्। यसअघि चीनले उत्तर कोरियासँगको तेलसम्बन्...

चीनमा बन्यो विश्वकै पहिलो सोलार प्यानल सडक

चीनमा बन्यो विश्वकै पहिलो सोलार प्यानल सडक

   शुक्रवार पौष १४ २०७४    लुअप

चीनमा विश्वकै पहिलो सोलार प्यानल सडक बनेको छ । चीनको स्यानडोङ प्रान्तको राजधानी जिनानमा हिजो डिसेम्बर २८ देखि औपचारिक रुपमा उक्त सडक सञ्चालनमा आएको छ । उक्त सडक करिब एक किलोमिटर लामो छ । यसमा १० हजार फोटोभोल्टेइक प्यानल जडान गरिएका छन्, जसले सूर्यको प्रकाशलाई विद्युतीय शक्तिमा रुपान्तरण गर्छन् । सामान्य सडकको तुलनामा फोटोभोल्टेइक सडकमा कुनै फ...

मुम्बइ आगलागीमा परी मृत्युहुनेको सङ्ख्या १४ पुग्यो

मुम्बइ आगलागीमा परी  मृत्युहुनेको   सङ्ख्या १४ पुग्यो

   शुक्रवार पौष १४ २०७४    लुअप

मुम्बई, भारत, पुस , १४ । भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको  आगलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ । यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिना...

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित

   शुक्रवार पौष १४ २०७४    लुअप

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन्। लगभग सबै मत गणना भइसक्दा विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन्। पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको भएको थियो। विआ विजयी भएको समाचार प्रकाश...

भारतलाई चीनको चेतावनी– आफ्नो सेनालाई नियन्त्रणमा राख्नु

भारतलाई चीनको चेतावनी– आफ्नो सेनालाई नियन्त्रणमा राख्नु

   शुक्रवार पौष १४ २०७४    लुअप

बेइजिङ, पुस १४ । चीनले सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न तथा आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्‍याउन भारतलाई चेतावनी दिएको हो । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही गम्...

"भीड नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्न नुहने" : अन्तर्राष्ट्रिय अध्ययनको निचोड

"भीड नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्न नुहने" : अन्तर्राष्ट्रिय अध्ययनको  निचोड

   बिहीबार पौष १३ २०७४    लुअप

 घातक परिणाम निम्त्याउन सक्ने भन्दै अन्तर्राष्ट्रिय अध्ययनले भीड नियन्त्रणका लागि रबरको गोलीको प्रयोग गर्न नुहने निचोड निकालेको हो। अनुसन्धानकर्ताहरुले यसबारे तत्कालै अन्तराष्ट्रिय तहको मापदण्ड ल्याउन सुझाव दिएका हुन्। अनुसन्धानले तीन दशकसम्म विभिन्न देशहरुमा भएका घटनाका प्रमाणसहित अध्ययन गरेका ‘ब्रिटिस मेडिकल जर्नल’मा छापिएको छ। रबर व...

इराकको किर्कुक सहरमा गुप्तचर निकायका दुई जना सदस्यको हत्या

इराकको किर्कुक सहरमा गुप्तचर निकायका दुई जना सदस्यको हत्या

   बिहीबार पौष १३ २०७४    लुअप

किर्कुक, इराक । पछिल्लो समयमा प्रायः अशान्त रही आएको इराकको किर्कुक सहरमा बुधबार यहाँको गुप्तचर निकायका दुई जना सदस्यको हत्या गरिएको बताइएको छ ।  अज्ञात बन्दुकधारीको आक्रमणमा परी बुधबार ती दुई जना सदस्य मारिएको समाचारमा जनाइएको छ ।  इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बुधबार अपराह्न बन्दुकधारील...

काबुलमा भएको विस्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु

काबुलमा  भएको विस्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु

   बिहीबार पौष १३ २०७४    लुअप

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको अफगानी गृहमन्त्रालयले जनाएको छ। विस्फोटमा अन्य ३० जना घाइते भएका छन्। एक समाचार एजेन्सी र एक सांस्कृतिक केन्द्र नजिकै सो विस्फोट भएको थियो। सो विस्फोट आत्मघाती आक्रमण हुनसक्ने मन्त्रालयका प्रवक्ताले जनाएका छन्। सांस्कृतिक केन्द्रमा एक बैठक चलिरहँदा सो विस्फो...

दुई उत्तर कोरियाली अधिकारीहरुमाथि अमेरिकाको प्रतिबन्ध

दुई उत्तर कोरियाली अधिकारीहरुमाथि अमेरिकाको  प्रतिबन्ध

   बुधवार पौष १२ २०७४    लुअप

अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीहरुले आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको भन्दै उनीहरुमाथि प्रतिबन्धहरु लगाएको छ। यी दुवै अधिकारीहरुको नाम गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्धहरु लगाउन प्रस्तुत गरेको प्रस्तावमा सूचिकृत थियो। संयुक्त राष्ट्रसंघले शुक्रबार १६ जना उत्तर कोरियालीमाथि प्रतिबन्धहरु ...

चीन, पाकिस्तान र अफगानिस्तानले गरे तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील

चीन, पाकिस्तान र अफगानिस्तानले  गरे तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील

   बुधवार पौष १२ २०७४    लुअप

चीन, पाकिस्तान र अफगानिस्तानले तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील गरेका छन् । चीनको पहलमा बेइजिङमा भएका त्रिदेशीय विदेश मन्त्रीस्तरीय बैठकले तालिवानी लडाकुलाई शान्तिवार्ता गर्न अपील गर्ने निर्णय गरेको हो । अफगानिस्तानले पाकिस्तानमाथि तालिवान विद्रोहीलाई सहयोग गरेको आरोप लगाइरहेकै बेला भएको यो बैठकलाई पाकिस्तान र अफगानिस्तानबीच बिग्...
← Previous 1 3 4 5 6 7 8
To Top